Search
Close this search box.

कुवेतमा ५ जनालाई मृत्युदण्ड दिइयो

 कुवेतले आज पाँच जनालाई मृत्युदण्डको सजाय दिएको छ ।

प्राण हरणको दण्ड पाउनेमा सन् २०१५ मा आत्मघाती बम विष्फोटमा संलग्न भएको आरोपमा दोषी ठहरिएका इस्लामिक स्टेट समूहका एक सदस्यसमेत रहेको कुवेति सार्वजनिक अभियोजनको कार्यालयले जनाएको छ । सो आक्रमणमा परी २६ जनाको ज्यान गएको थियो ।

कुवेति अभियोजन कार्यालयले एक विज्ञप्ति निकालेर देशको केन्द्रीय कारागारमा मृत्युदण्डको कार्यान्वयन गरिएको र त्यसको अनुगमन गरिएको बताएको छ ।

मृत्युदण्ड पाएका अधिकांश हत्यामा दोषी ठहरिएका पनि उक्त कार्यालयले स्पष्ट गरेको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan