Search
Close this search box.

सुनको मुल्य तोलामा ३०० रुपैयाँले बढ्यो

नेपाली बजारमा आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो कारोबारको तुलनामा आज तोलामा ३०० रुपैयाँ बढेको जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला १ लाख १२ हजार ३५० रुपैयाँ पुगेको छ ।

यस्तै, चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४५५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । यसअघि चाँदीको भाउ १ हजार ४५० रुपैयाँ थियो ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan