Search
Close this search box.

भारतबाट धान नल्याए चाडपर्वमा चामल अभाव हुने

साउन ४ गते भारत सरकारले बास्मतीबाहेक अन्य चामल निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको असर नेपालमा समेत परेको छ । नजिकिँदै गरेको चाडपर्वमा बढी खपत हुने चामल अभाव हुन नदिन तत्काल भारत सरकारसँग अनुरोध गरेर २ लाख मेट्रिक टन धान आयात गर्नुपर्ने व्यवसायी बताउँछन् ।

उनीहरूले यस विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराइसकेका छन् । गतवर्ष भारतले ६ लाख मेट्रिक टन धान नेपाललाई दिएको थियो । गतवर्षको कोटा साउन १६ गते सकिएको छ । नेपाल चामल–तेल–दाल उद्योग संघका अध्यक्ष कुमुद दुगडले नेपालमा चामल अभाव हुन नदिन भारत सरकारसँग कूटनीतिक तहबाट अनुरोध गरी तत्काल २ लाख टन धान आयात गर्ने व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र बुझाएका छन् । नेपालको घरेलु माग पूरा गर्न वार्षिक १० लाख मेट्रिक टन धान आयात गर्नुपर्ने दुगडले बताए । 

भारतले नेपालमा मात्रै धान निकासी गर्छ । अन्य देशमा चामल निकासी गर्छ । नयाँ दिल्लीले खाद्यसुरक्षाको जोखिम रहेको भन्दै चामल निकासीमा प्रतिबन्ध लगाएको हो । यो खबर फैलिएपछि नेपालमा चामलको भाउ बढिसकेको छ । 

नेपालको नयाँ धान मङ्सिरमा आउने भएकाले तत्काल २ लाख मेट्रिक टन आयात गर्नुपर्ने दुगड बताउँछन् । ‘भारतबाट चामलभन्दा धान नै आयात गर्दा नेपाललाई फाइदा हुने उनको भनाइ छ । ‘धान ल्याउँदा यहाँका ४० ठूला र ५०० साना धान मिल सञ्चालन हुन्छन्, त्यसले रोजगारी र राजस्वसमेत बढ्छ,’ दुगडले भने । यो समाचार आर्थिक अभिभयान दैनिकमा छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

भारतबाट धान नल्याए चाडपर्वमा चामल अभाव हुने

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

भारतबाट धान नल्याए चाडपर्वमा चामल अभाव हुने

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

भारतबाट धान नल्याए चाडपर्वमा चामल अभाव हुने

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

भारतबाट धान नल्याए चाडपर्वमा चामल अभाव हुने

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

भारतबाट धान नल्याए चाडपर्वमा चामल अभाव हुने

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

भारतबाट धान नल्याए चाडपर्वमा चामल अभाव हुने

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

भारतबाट धान नल्याए चाडपर्वमा चामल अभाव हुने

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

भारतबाट धान नल्याए चाडपर्वमा चामल अभाव हुने

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan