Search
Close this search box.

चीनमा ५.५ रेक्टरस्केलको भूकम्प

 चीनको शानडोङ प्रान्तमा भूकम्प गएको छ । शनिबार राति देझाउ सहरको पिङयुवान काउन्टीमा ५.५ रेक्टरस्केलको भूकम्प गएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भुकम्पमा परी २० जना घाइते भएका छन् । चीनको राजधानी बेइजिङबाट तीन सय किलोमिटर टाढाको शानतोंग प्रान्तको तचौ शहरमा भुकम्पले क्षति पुर्‍याएको हो ।

भूकम्पको केन्द्रबिन्दु डेझोउ शहरबाट २६ किलोमिटर दक्षिणमा १० किलोमिटर गहिराइमा थियो।

यसअघि शनिबार अफगानिस्तानमा पनि ५.८ रिक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको केन्द्रबिन्दु हिन्दुकुश क्षेत्र थियो । अफगानिस्तानमा गएको भूकम्पबाट कुनै क्षति भएको छैन ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan