आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा ३८ अंकको गिरावट आएको छ । नेप्से सूचकांक ३८.३७ अंकले घटेर २,०५१ विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा सूचीकृत कुल २६५ कम्पनीहरुको ८० लाख कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६८ करोड ७१ लाख ४८ हजारको कारोबार भएको छ ।
शेयर बजारमा गिरावट आएसँगै १३ वटै उपसूचकमा रातो पोतिएको छ । आइतबार होटल तथा पर्यटन उपसूचक सर्वाधिक ३.५९ प्रतिशतले घटेको छ भने दोस्रोमा फाइनान्स उपसूचक ३.४३ प्रतिशतले घटेको छ ।
केही प्रतिक्रिया छ कि ?


