Search
Close this search box.

रेल दुर्घटनामा १५ जनाको मृत्यु

पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना हुँदा कम्तिमा पनि १५ जनाको मृत्यु भएको छ । हजारा एक्सप्रेस रेल दुर्घटनामा अहिलेसम्म १५ जनाको मृत्यु भएको रेल मन्त्री साद रफिकले बताए ।

लाहोरमा भएको पत्रकार सम्मेनलमा उनले दिएको जानकारी अनुसार ४५ किलोमिटर प्रतिघन्टाको सामान्य गतिमा गुडरहेको रेलका ८ वटा डिब्बा लिगबाट बाहिर गएका छन् । रेलका डिब्बामा फसेका यात्रीलाई निकाल्ने क्रम अहिले पनि चलिरहेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

घटनास्थलबाट आएका तस्वीर तथा भिडियोमा सयौंको संख्यामा मान्छेहरु दुर्घटनास्थलमा भेला भएको देखिन्छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan