Search
Close this search box.

सरुवा थमौती गर्न सिंहदरबारमा कर्मचारीको भिड

पहुँच र शक्तिको आडमा लामो समयसम्म उपत्यकाभित्रका कार्यालयमा टिकिरहने कर्मचारीलाई मोफसलमा सरुवा गरिएपछि थमौती गर्न यति बेला सिंहदरबारमा कर्मचारीको भिड लाग्न थालेको छ । वर्षाैंसम्म उपत्यकाभित्र टिक्न सफल भएका कर्मचारीको भिड यति बेला सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निकै देखिएको छ ।

मन्त्रालयले ती कर्मचारीलाई रिक्त स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर सरुवा गरेपछि सरुवा रोक्न मन्त्रालयमा कर्मचारीसँगै ट्रेड युनियनका अगुवा तथा स्थानीय तहका नेता सक्रिय छन् । यति बेला त्यस्ता कर्मचारीको छटपटी निकै बढेको छ ।मन्त्रालयले काठमाडौँमा नै जरोकिलो गाडेर बसेका कर्मचारीलाई मधेश प्रदेशका स्थानीय तह र रिक्त भएका विभिन्न पालिकामा प्रमुख प्रशासकीय अधिकृतको  जिम्मेवारी  दिएर  सरुवा  गरेको  छ । एक सातामा दुई चरणमा गरी मन्त्रालयले ५७ जना कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयमा अहिलेसम्म सरुवाका लागि ४५२ जना कर्मचारीले निवेदन दिएको मन्त्रालयले जनाएको छ । केही दिनभित्रमा  नै  रिक्त  स्थानीय  तहमा  मन्त्रालयले  निवेदन  दिने  कर्मचारीमध्येबाट  सरुवा  गर्ने  तयारी गरेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

सरुवा थमौती गर्न सिंहदरबारमा कर्मचारीको भिड

जनप्रियमा बृहत शैक्षिक प्रदर्शनी, सामुदायिकदेखि संस्थागत विद्यालयसम्मले उठाए लाभ

सरुवा थमौती गर्न सिंहदरबारमा कर्मचारीको भिड

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

सरुवा थमौती गर्न सिंहदरबारमा कर्मचारीको भिड

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

सरुवा थमौती गर्न सिंहदरबारमा कर्मचारीको भिड

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

सरुवा थमौती गर्न सिंहदरबारमा कर्मचारीको भिड

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

सरुवा थमौती गर्न सिंहदरबारमा कर्मचारीको भिड

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

सरुवा थमौती गर्न सिंहदरबारमा कर्मचारीको भिड

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

सरुवा थमौती गर्न सिंहदरबारमा कर्मचारीको भिड

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan