Search
Close this search box.

तेह्र वर्षदेखि जङ्गलमा बास

एक दम्पती १३ वर्षदेखि जङ्गलमा बास बस्दै आएको पाइएको छ । गाउँमा भएको घर बर्खामा भत्किएपछि ती दम्पती जङ्गलमा झुपडी बनाएर बस्दै आएका हुन् ।

सर्केगार्ड गाउँपालिका–३ को उनापानी गाउँको कलिवान फडेरा र च्यापु फडेरा जङ्गलमा बस्दै आएका हुन् । फडेरा दम्पतीले गाउँबाट एक घण्टा टाढाको जङ्गलमा झुपडी बनाएर बस्दै आएको बताए । उमेरले उनीहरू कलिवान ७४ वर्ष र च्यापु ६४ वर्षका छन्। 

कलिवानले १३ वर्ष अगाडि उनापानी गाउँमा रहेको घर बर्खाको पानीले भत्काएपछि फेरि बनाउन नसक्ने भएका कारण जङ्गलमा झुपडी बनाएर बस्नुपरेको बताए । 

“भएको खेतबारीमा खेतीपाती गर्न नसकिने अवस्था भयो । त्यसै कारण जङ्गलमा आएर बस्न थाल्यौँ,” उनले भने । उनीहरूका एक जना छोरा भए पनि नौ वर्षदेखि नआएको गुनासो उनीहरूको छ । 

छोरा पेमा फडेरा पनि चार वर्षसम्म भने उनीहरूसँगै जङ्गलमै बसेका थिए । घरबाट निस्केको छोरा फेरि घरमा आएको छैन । छोरो कामका लागि भारत गएको जानकारी फडेरा दम्पतीले पाएको भए पनि हालसम्म सम्पर्क भने हुन सकेको छैन । श्रीमती च्यापुले श्रीमान् आँखा कम देख्ने भएका कारण घरको सम्पूर्ण काम आफैँले गर्नुपर्ने बताइन् । गाउँले र आफन्तले उनीहरूलाई गाउँमा फर्कनका लागि निकै आग्रह गरेको भए पनि सो जोडीले गाउँमा जान भने अस्वीकार गर्दै आएको छ । 

फडेरा दम्पतीलाई जङ्गलमा बास बस्नुपरेपछि दैनिक गुजारा चलाउने माध्यम भने नेपाल सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता भएको छ । पहिले कलिवान फडेराले मात्र सो भत्ता पाउने गरेकामा पाँच वर्षदेखि भने दुवै जना सामाजिक सुरक्षा भत्ता पाउँदै आएकी छिन् । उनीहरूका दम्पतीले वृद्धभत्ताबाट लुगाफाटो र घर खर्च चलाउँदै आएका छन् ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

तेह्र वर्षदेखि जङ्गलमा बास

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

तेह्र वर्षदेखि जङ्गलमा बास

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

तेह्र वर्षदेखि जङ्गलमा बास

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

तेह्र वर्षदेखि जङ्गलमा बास

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

तेह्र वर्षदेखि जङ्गलमा बास

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

तेह्र वर्षदेखि जङ्गलमा बास

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

तेह्र वर्षदेखि जङ्गलमा बास

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

तेह्र वर्षदेखि जङ्गलमा बास

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan