शिक्षक महासंघ राष्ट्रिय समितिको आह्वानमा प्रस्तावित विद्यालय शिक्षा ऐन विरुद्ध पूर्व घोषणा गरिएको कार्यक्रममा प्रदेशभरका शिक्षकलाई हेटौडा उपस्थित हुन नेपाल राष्ट्रिय शिक्षक संगठन बागमति अध्यक्ष नीर बहादुर कार्कीले प्रेस विज्ञप्ति जारी गर्दै आहा्वान गरेका छन् ।
महासंघको प्रथम चरणको दुईदिने कार्यक्रममा सहभागी भएका सबै शिक्षक कर्मचारीलाई कार्कीले आभार व्यक्त गरेका छन् । साथै ३२ गते सातवटै प्रदेशको सामाजिक विकास मन्त्रालयमा हुने धर्ना कार्यक्रममा वागमति प्रदेशभरका सबै शिक्षक नेता तथा शिक्षकहरुलाई सहभागी हुन समेत अध्यक्ष कार्की र सचिव राजेन्द्र श्रेष्ठ मार्फत हस्ताक्षरित विज्ञप्तीमा आग्रह गरिएको छ ।
केही प्रतिक्रिया छ कि ?