Search
Close this search box.

रुसी अन्तरिक्षयान लुना–२५ चन्द्रमामा दुर्घटनाग्रस्त

रुसले चन्द्रमामा पठाएको अन्तरिक्षयान लुना–२५ दुर्घटनामा परेको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने पहिलो देश बन्ने लक्ष्यसहित रुसले पठाएको लुना–२५ दुर्घटनामा परेको रुसी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

मानवरहित यान भोलि सोमवार चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने क्रममा थियो । तर अवतरण गर्नुअघिको कक्षमा समस्या देखिएलगत्तै लुना–२५ सँग सम्पर्क टुटेको रुसी सरकारी अन्तरिक्ष निकाय रोसकोमोसले जनाएको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा बरफ र महत्त्वपूर्ण तत्वहरू हुनसक्ने वैज्ञानिकहरूले अपेक्षा गरेका छन् ।

अहिलेसम्म कुनै पनि देश नपुगेको दक्षिणी ध्रुवमा यतिखेर भारत र रुसबीच प्रतिस्पर्धा चलेको थियो । भारतको चन्द्रयान–३ आउँदो बुधवार अवतरण गर्ने प्रयासमा छ ।

चन्द्रमाको सतहमा भने अमेरिका र चीनका यानले यसअघि नै अवतरण गरिसकेका छन् । लुना–२५ अन्तरिक्षयान रुसले झन्डै ५० वर्षमा प्रक्षेपण गरेको चन्द्रयान हो । यसअघि रुसले सन् १९७६ मा आफ्नो पहिलो चन्द्रयान प्रक्षेपण गरेको थियो ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

रुसी अन्तरिक्षयान लुना–२५ चन्द्रमामा दुर्घटनाग्रस्त

हेटौँडा–४ मा शैक्षिक प्रदर्शनीदेखि खेलकुदसम्मका बृहत् कार्यक्रम हुँदै

रुसी अन्तरिक्षयान लुना–२५ चन्द्रमामा दुर्घटनाग्रस्त

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

रुसी अन्तरिक्षयान लुना–२५ चन्द्रमामा दुर्घटनाग्रस्त

बागमतीका मुख्यमन्त्रीद्वारा श्रम अधिकार र रोजगारीमा जोड

रुसी अन्तरिक्षयान लुना–२५ चन्द्रमामा दुर्घटनाग्रस्त

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

रुसी अन्तरिक्षयान लुना–२५ चन्द्रमामा दुर्घटनाग्रस्त

पत्रकारिताले जेनजीको भावनालाई आत्मसाथ गर्नुपर्छ ; मगर

रुसी अन्तरिक्षयान लुना–२५ चन्द्रमामा दुर्घटनाग्रस्त

ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

रुसी अन्तरिक्षयान लुना–२५ चन्द्रमामा दुर्घटनाग्रस्त

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

रुसी अन्तरिक्षयान लुना–२५ चन्द्रमामा दुर्घटनाग्रस्त

मकवानपुरमा अर्धमासिक तलब भुक्तानी सुरु, हेटौंडा खानेपानी बोर्ड अगाडि

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan