Search
Close this search box.

सरकारविरुद्धको मुद्दामा बहस गर्दै राष्ट्रपतिका कानुनविज्ञ

राष्ट्रपति रामचन्द्र पौडेलका कानुनविज्ञ बाबुराम कुँवरले सरकारविरुद्धको मुद्दामा बहस पैरवी गरेको पाइएको छ। उच्च अदालत पाटनमा दायर मुद्दामा कुँवरले सरकारविरुद्ध बहस गरेका हुन्। कुँवरलाई राष्ट्रपति पौडेलले गत चैत १६ गते कानुनविज्ञमा नियुक्त गरेका हुन्।

राष्ट्रपतिको कानुनविज्ञमा नियुक्त भएको चार महिनापछि नै कुँवरले सरकारविरुद्ध बहस गरेको पाइएको छ। कुँवरले साउन १७ गते न्यायाधीशद्वय दीपेन्द्रबहादुर बम र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासमा बहस गरेका थिए। त्यस्तै साउन २४ गते न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासमा बहस गरेको पाइएको छ। 

माता इन्टरप्राइजेजका प्रोप्राइटर कृष्णहरि चौलागाईं, लक्की एएस इन्टरप्राइजेजका प्रोप्राइटर सुनीलकुमार गौतम, दीपकिरण प्रिन्टिङ एन्ड ट्रेडर्सका प्रोप्राइटर रामशरण कुँवर र अजय शुभ ट्रेडर्सका प्रोप्राइटर मोतीलाल पोखरेलले सरकारविरुद्ध रिट दायर गरेका हुन्। उनीहरूले उच्च अदालतमा साउन ७ गते रिट दायर गरेको पाइएको छ। 

रिटमा नेपाल सरकार सहरी विकास मन्त्रालय, सहरी विकास मन्त्रालयका सचिव, सहसचिव, सहरी विकास तथा भवन निर्माण विभाग, अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग, आन्तरिक राजस्व कार्यालय र आन्तरिक राजस्व कार्यालय पुतलीसडक ९कर परीक्षण तथा अनुसन्धान शाखा० लगायतलाई विपक्षी बनाइएको छ। राष्ट्रपति कार्यालयका कानुनविज्ञमा नियुक्त हुनुअघि कुँवर प्रदेश ४ (हाल, गण्डकी प्रदेश) को प्रमुख थिए।

त्यस्तै, तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा महान्यायाधिवक्तासमेत भएका थिए। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan