Search
Close this search box.

अंगदानमा महिला नै किन अघि  ?

धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा गत जेठमा मोरङकी ३४ वर्षीया जमुनादेवी श्रेष्ठलाई आफ्नै ३९ वर्षीया दिदी दुर्गा श्रेष्ठले मिर्गौला दान गरेर नयाँ जीवन दिइन्। दिदी दुर्गाको मिर्गौला प्रत्यारोपणपछि जमुनाको स्वास्थ्य स्थिति सहज बनेको छ। दुर्गा पनि नियमित काममा फर्केकी छिन्।

आठ वर्षदेखि बिस्तारै समस्या देखिँदै जाँदा गत वर्ष जमुनाको मिर्गौला काम नलाग्ने बनेको थियो। आफ्नै मिर्गौला दिएर बहिनीलाई बचाउने निधो गरेको दुर्गा बताउँछिन्।

परिवारमा बुवाआमा, दाजुभाइ भए पनि दुर्गा नै मिर्गौला दान गर्न अघि सरिन्। आमाबुवा बुढो भइसकेकाले आफैंले मिर्गौला दिने निधो गरेको दुर्गाको भनाइ छ। 

उनका अनुसार बहिनीलाई मिर्गौला दिन आफैं तम्सिनुको कारण दाजुभाइ विदेशमा हुनु पनि हो। दीनदुःखीको सेवामा खटिएकी अविवाहित दुर्गाले आफ्नै बहिनीलाई पर्दा मिर्गौला दिन पाउनु खुसीको विषय भएको प्रतिक्रिया दिइन्। ‘परिवारका सदस्यलाई आवश्यक परे मैले दिन मिल्ने केही अंग रहेछ भने फेरि पनि दिन्छु,’ उनले भनिन्। 


ललितपुर च्यासलका ५० वर्षीय अशोककाजी महर्जनले पनि पत्नीले मिर्गौला दिएकाले नयाँ जीवन पाएका छन्। धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका चिकित्सकले गत पुसमा ४९ वर्षीया नानी महर्जनको मिर्गौला पति अशोककाजीमा प्रत्यारोपण गरेका थिए।

मिर्गौला प्रत्यारोपणअघि डायलोसिस गर्दा र आकस्मिक रूपमा आउने समस्याले कैयौंपटक अस्पताल धाउनुपरेका कष्टपूर्ण दिन उनीहरू सम्झन्छन्। मिर्गौला प्रत्यारोेपणपछि अशोकाजी स्वस्थ छन्। मिर्गौला दिने नानी पनि स्वस्थ छिन्। यो समाचार नागरिक दैनिकमा छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan