Search
Close this search box.

भारतमा देशको नाममा विवाद

नयाँदिल्ली । जी–२० शिखर सम्मेलनअघि भारतमा देशको नाम प्रयोगको विषयमा नयाँ राजनीतिक विवाद उत्पन्न भएको छ । सरकारले ‘इन्डिया’ को सट्टा ‘भारत’ प्रयोग गर्न थालेपछि विपक्षीले आपत्ति जनाएका हुन् ।

भारतीय राष्ट्रपति द्रौपदी मुर्मुका तर्फबाट जी–२० को अवसरमा रात्रिभोजका लागि पठाइएको निमन्त्रणा कार्डमा ‘द प्रेसिडेन्ट अफ इन्डिया’ को स्थानमा ‘द प्रेसिडेन्ट अफ भारत’ लेखिएपछि यो विषय विवादमा आएको हो ।

स्वतन्त्रताको ७५ वर्षयता राष्ट्रपतिलाई ‘प्रेसिडेन्ट अफ इन्डिया’ लेखिँदै आएको थियो । अहिले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले देशकै नाम फेर्न खोजेको आरोप विपक्षी दलले लगाएका छन् । इन्डियाको पुरानो नाम भारत हो । तर, अन्तर्राष्ट्रियस्तरमा र देशभित्र पनि सरकारी प्रयोजनमा ‘इन्डिया’ नै प्रयोग हुँदै आएको छ ।

गत जुलाईमा २८ विपक्षी दलहरूले बनाएको गठबन्धनको नाम इंडियन नेसनल डेभलपमेन्टल इन्क्क्ल्युसिभ अलायन्स (आईएनडीआईए) अर्थात् ‘इन्डिया’ राखिएको थियो । विपक्षीले देशकै नाम राखेको भन्दै भाजपा पक्ष चिढिएको थियो । उक्त नामकरणविरुद्ध अदालतमा मुद्दा पनि दायर छ । भाजपा र राष्ट्रिय स्वयंसेवक संघले भारतको प्रयोगलाई बढाउनुपर्ने वकालत धेरै पहिलेदेखि गर्दै आएका थिए ।

तर, अहिले राष्ट्रपति कार्यालयबाट औपचारिक रूपमा पहिलो पटक प्रयोग भएको हो । भारतको संविधानमा इन्डिया र भारत दुवै नाम उल्लेख छ । ‘इन्डिया जुन कि भारत हो,यो राज्यहरूको एउटा संघ हुनेछ’ संविधानमा उल्लेख छ । भाजपाका नेता तथा सरकारका मन्त्रीहरूले यसलाई संवैधानिक कदम भनेका छन् । तर, विपक्षी दलहरूले अचानक देशको नाम बदल्न खोजेको भन्दै आपत्ति जनाएका छन् ।

‘अचानक यस्तो के भयो कि देशको नाम बदलिन खोजिएको छ । विश्वले हामीलाई इन्डियाको नामले चिनेको छ,’ पश्चिम बंगालकी मुख्यमन्त्री तथा तृणमूल कंग्रेसकी नेतृ ममता बनर्जीले भनिन् । कंग्रेसका महासचिव जयराम रमेशले पनि सामाजिक सञ्जाल ‘एक्स’ मा प्रधानमन्त्री नरेन्द्र मोदीले इतिहाससँग छेडछाड गरेर इन्डियालाई विभाजित राख्ने प्रयास गरिरहेको बताएका छन् ।

भाजपाले इन्डिया साइनिङ्ग र डिजिटल इन्डिया जस्ता कार्यक्रम चलाएको स्मरण पनि उनले गराएका छन् । विपक्षी गठबन्धनबाट तर्सिएर सरकारले भारत नामलाई बढावा दिएको पनि विपक्षी दलका नेताहरू आरोप लगाएका छन् ।

कंग्रेस नेता पवन खेडाले प्रधानमन्त्री मोदीलाई अब इन्डिया नाम नै रुच्न छाडेको व्यंग्य गरेका छन् । आम आदमी पार्टीका नेता अरविन्द केजरिवालले ‘विपक्षी गठबन्धनले नाम बदलेर भारत राखेको खण्डमा सरकारले के फेरि देशको नाम बदल्ने हो ?’ भन्ने प्रश्न उठाएका छन् । उनले देश एक पार्टीको नभएर १ सय ४० करोड नागरिकको भन्दै नाम बदलिने प्रयासलाई जनतासँगको मजाक र देशसँगको गद्दारी भनेर टिप्पणी गरेका छन् ।

तर, सत्तारूढ दल भाजपाका नेताहरूले यसलाई संवैधानिक र गर्व गर्ने निर्णयका रूपमा व्याख्या गरेका छन् । केन्द्रीय मन्त्री राजीव चन्द्रशेखरले विपक्षीले हरेक कुरामा समस्या देख्ने गरेको भन्दै भारतको वकालत गरेका छन् ।

यसअघि जी–२० को लोगोमा सरकारले भाजपाको चुनाव चिह्न कमलको फूललाई प्रयोग गरेकोप्रति पनि विपक्षीले आलोचना गर्दै आएको थियो । जी–२० को कार्यक्रमसँग जोडिएको विषयमा सरकारले इन्डियाको साटो भारतलाई बढावा दिँदै आएको छ । शिखर सम्मेलनका लागि प्रगति मैदानमा निर्माण गरिएको सभास्थलको नाम ‘भारत मंडप’ राखिएको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

भारतमा देशको नाममा विवाद

हेटौँडा–४ मा शैक्षिक प्रदर्शनीदेखि खेलकुदसम्मका बृहत् कार्यक्रम हुँदै

भारतमा देशको नाममा विवाद

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

भारतमा देशको नाममा विवाद

बागमतीका मुख्यमन्त्रीद्वारा श्रम अधिकार र रोजगारीमा जोड

भारतमा देशको नाममा विवाद

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

भारतमा देशको नाममा विवाद

पत्रकारिताले जेनजीको भावनालाई आत्मसाथ गर्नुपर्छ ; मगर

भारतमा देशको नाममा विवाद

ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

भारतमा देशको नाममा विवाद

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

भारतमा देशको नाममा विवाद

मकवानपुरमा अर्धमासिक तलब भुक्तानी सुरु, हेटौंडा खानेपानी बोर्ड अगाडि

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan