Search
Close this search box.

चिकित्सक कुटपिट घटनाविरुद्ध बोल्यो तरुण दल

हेटौंडा– हेटौंडा–१ मा रहेको सञ्चो अस्पतालमा गत बुधबार भएको चिकित्सक कुटपिटको घटनाप्रति नेपाल तरुण दल मकवानपुरले भत्र्सना गरेको छ ।
तरुण दल मकवानपुरका अध्यक्ष सन्तोष सापकोटाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै चिकित्सकको गल्ती भएमा कानुनी उपचार खोज्न सकिनेमा कुटपिटमा उत्रनु आपत्तिजनक भएको बताएका हुन् ।

‘उपचारका क्रममा कुनै पनि व्यक्तिको ज्यान जानु दुःखद् विषय हो, बिरामी तथा आफन्तजन जसले आफ्नो परिवारको सदस्य गुमाएका छन्, उनीहरुको स्थानमा रहेर कल्पना गर्नु मात्र पनि निकै दर्दनाक विषय हो, चिकित्सकहरुको गल्ती भएको वा हुनसक्ने आशंकालाई सम्बन्धित निकाय मार्फत् कानुनी रुपमा उपचार खोज्नु जरुरी हुन्छ ।’ विज्ञप्तिमा भनिएको छ । चिकित्सकमाथिको हातपातको घटनाले स्वास्थ्यकर्मीलाई सुरक्षा त्रास हुनुका साथै मनोबल गिरेको अध्यक्ष सापकोटले बताए ।

जनताको सुरक्षाको निमित्त खटिएका सुरक्षाकर्मीले नै उक्त घटनाको मुद्दा दर्ता गर्न नमानेको भन्ने कुरा विभिन्न सञ्चारमध्यमबाट जानकारी प्राप्त भएको भन्दै तरुण दलले घटनाको सत्य तथ्य छानविन गर्नुपर्ने माग राखेको छ । घटनाको सत्य तथ्य र निष्पक्ष छानबिनको माग गर्दै दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तरुण दलले माग गरेको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan