Search
Close this search box.

पूर्वी चीनमा भीषण आँधी, ५ जनाको ज्यान गयो

नान्जिङ – पूर्वी चीनको जियाङ्सुमा आँधीका कारण पाँच जनाको ज्यान गएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।

पूर्वी चीनको जियाङ्सु प्रान्तमा मङ्गलबार आएको आँधीमा परेर पाँच जनाको ज्यान गएको स्थानीय अधिकारीहरूले जनाएको छ ।

अधिकारीहरूले घटनाको विवरण बुधबार मात्र दिएका हुन् । सुकियान शहरको ड्याक्सिङ टाउनशिप र नानकाई टाउनशिपमा आँधी साँझ ५ बजेतिर भएको हो ।

स्थानीय निकायले गरेको क्षतिको प्रारम्भिक विवरणअनुसार आँधीबाट पाँच हजार ५१२ जना प्रभावित भएका छन् भने एक हजार छ सय ४६ घरमा सामान्य क्षति भएको छ ।

अन्य एक सय ३७ घरमा भने पूर्ण क्षति भएको छ । आँधीले ४२ हेक्टरमा लगाइएको बालीमा क्षति भएको छ । आँधीबाट चार सय पाँच जना विस्थापित भएका छन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan