Search
Close this search box.

अफगानिस्तानमा भूकम्प ; ५ सय जनाको मृत्यु

काबुल- अफगानिस्तानको हेरात प्रान्तमा शनिबार राति गएको शक्तिशाली भूकम्पमा ५ सय जनाको मृत्यु भएको छ। उक्त भूकम्पको कारण धेरै मानिस भग्नावशेषमा हराइरहेका छन्।

भूकम्पपछि राहत तथा उद्धारको काम तीव्र गतिमा भइरहेको छ।

विपद् व्यवस्थापन प्रमुखले एक हजार जना घाइते भएको जानकारी दिएका छन्। धेरै गाउँ पूर्ण रुपमा ध्वस्त भएका छन्।

शनिबार राती ६.३ रेक्टरस्केलको भूकम्प गएको थियो। शक्तिशाली भूकम्पपछि धेरै पराकम्पहरु महसुस गरिएको जनाइएको छ। भूकम्पले इरानसँगको सीमा नजिकै रहेको हेरात सहरका भवनमा क्षति पुगेको छ।

बितेको जुन महिनामा गएको भूकम्पमा परी एक हजारभन्दा बढीको ज्यान गएको थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan