Search
Close this search box.

बंकरभित्र बसेका नेपालीको चित्कार– हामीलाई सुरक्षित ठाउँमा सारिदिनुहोस्

इजरायलमा रहेका नेपाली विद्यार्थीहरूले उद्धारको याचना गर्दै आएका छन् । हिजोदेखि बंकरभित्र लुकेर बसेका नेपाली विद्यार्थीहरूले उद्धारको याचना गर्दै आएका हुन् । सुदूरपश्चिम विश्वविद्यालयबाट बिएस्सी एग्रिकल्चर अध्ययन गरेर ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत ११ जना विद्यार्थी इजरायल पुगेका थिए ।

उनीहरू ११ महिनाका लागि इन्टर्न गर्न त्यहाँ पुगेका हुन् । त्यही क्रममा ‘पम्मी तसाज’ भन्ने स्थानमा एक फार्म हाउसमा इन्टर्न गर्दै आएका थिए । इजरायल र प्यालेस्टाइन हमासबीचको आक्रमणका कारण उनीहरू त्यही कृषि फार्म हाउसको बंकरभित्र लुकेर बसेका छन् ।

हिजोदेखि उनीहरू बंकरभित्रै लुकेर बसेका उनीहरू निकै त्रसित अवस्थामा छन् । सम्पर्कमा आएका एक विद्यार्थीले भने, ‘युद्ध जारी रहेको स्थानबाट हामी काम गर्ने फार्म २५ किलोमिटरको दूरीमा छ । तर, आवासीय क्षेत्रबाट टाढा एकान्तमा छ । सबै आत्तिएका छौँ । हिजो बिहानदेखि बंकरमा लुकेर बसेका छौँ ।’

आतङ्ककारी सहर प्रवेश गरेको हल्लाले आफूहरू बाहिर निस्किन सक्ने अवस्था नरहेको उनको भनाई छ । ‘यो फार्ममा हामी ११ जना मात्र छौँ । हिजोको साथीहरू परेको घटनाले बाहिर निस्कने आँट कसैमा छैन । यताबाट अहिल्यै कतै सुरक्षित ठाउँमा सारिदिनका लागि पहल गरिदिनपर्यो’ उनले भन् ।

यसअघि इजरायल र गाजाको सीमा क्षेत्र नजिकै हमासको आक्रमणमा परी ९ जना नेपाली घाइते भएका थिए । १७ जनाको समूहमा रहेका ती विद्यार्थीहरू बंकरभित्रै बन्धक बनाइएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार घाइते ९ जनामध्ये २ जनाको अवस्था गम्भीर छ ।

त्यही समूहमा रहेका विद्यार्थीहरूमध्ये एकजनाले निकै पीडादायी भिडियो सार्वजनिक गरेका थिए । जसमा उनले– ‘म मरेको खण्डमा घरमा आमालाई औषधि गरिदिनु है’ भनेका थिए ।

सुदूरपश्चिम विश्वविद्यालयले भदौ अन्तिम साता कृषि संकायको आठौँ सेमेस्टरका ४९ विद्यार्थीलाई इजरायल पठाएको थियो । सेडट नेगेभ कलेजसँगको सम्झौतामा उनीहरू इजरायल पुगेका थिए । त्यसरी आक्रमणमा परेका सुदूरपश्चिम विश्वविद्यालयकै विद्यार्थी हुन् ।

ती विद्यार्थीहरूको नेतृत्व गरेर दाङका विपिन सुवेदी इजरायल पुगेका थिए । उनले विद्यार्थीहरू निकै डर र त्रासको अवस्थामा रहेको बताए । उनले हिजोदेखि सामाजिक सञ्जालमार्फत सुरक्षित स्थानमा उद्धारको लागि अपिल गर्दै आएका थिए ।

उनले के भएको हो भनेर सोध्दा जतिबेला पनि घाइतेहरूको अवस्था मात्रै बताउन विवश रहेको बताए । तर, आफूहरू निकै त्रासमा लुकेर बसेको र त्यही त्रासले मर्ने स्थितिमा पुगेको उनको भनाई छ । ‘जो हामी छौँ, त्रासमा लुकेर बसेका, उनीहरू यही त्रासले नै मर्ने स्थिति पुगिसक्यो । बचाउने काम सबैलाई गरिदिनुस् । सकेको जति सुरक्षित ठाउँमा पुर्‍याइदिनुहोस् ।’ उनले भने ।

आफूहरूको मन आत्तिएर भक्कानिन थालेको र आँखा सुक्न लागेको भन्दै उद्धारको लागि पहल गरिदिन अनुरोध गरेका हुन् । हमास र इजरायली सेनाबीच गोली हानाहानको अवस्था रहेकोले घाइते नेपालीको उद्धार गर्न नसकिएको सरकारले जनाएको छ । इजरायलस्थित नेपाली दूतावासले उद्धारमा कठिनाइ भइरहेको जनाएको हो ।

अहिले त्यो क्षेत्रमा जान सकिने अवस्था नरहेको इजरायलस्थित नेपाली दूतावासका प्रवक्ता अर्जुन घिमिरेले बताए । इजरायली सेनाले उक्त स्थानलाई नियन्त्रणमा लिएपछि मात्रै उद्धारसम्बन्धी कार्य अघि बढ्ने उनको भनाइ छ । ‘सेनाले उक्त क्षेत्र नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । सेनाको नियन्त्रणमा आएपछि उद्धारसम्बन्धीको कार्य अघि बढ्छ । हामी त्यहाँ रहेका नेपालीहरूसँग सूचना आदानप्रदान गर्न निरन्तर सम्पर्कमा छौँ’ उनले भने ।

हमासले शनिवार इजरायलमाथि आक्रमण सुरु गरेको थियो । हालसम्म ५ हजारभन्दा बढीको सङ्ख्यामा रकेट आक्रमण गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । रकेट आक्रमण, समुद्री र स्थलमार्ग हुँदै आक्रमण जारी हुँदा उद्धारमा समस्या भइरहेको हो ।

एनआरएनए इजरायलका निवर्तमान अध्यक्ष गणेश गिरीले अझै १२ जना नेपाली सम्पर्कमा आउन नसकेको बताए । उनीहरूलाई सम्पर्कमा ल्याउने कोसिस जारी रहेको उनको भनाई छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

बंकरभित्र बसेका नेपालीको चित्कार– हामीलाई सुरक्षित ठाउँमा सारिदिनुहोस्

हेटौँडा–४ मा शैक्षिक प्रदर्शनीदेखि खेलकुदसम्मका बृहत् कार्यक्रम हुँदै

बंकरभित्र बसेका नेपालीको चित्कार– हामीलाई सुरक्षित ठाउँमा सारिदिनुहोस्

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

बंकरभित्र बसेका नेपालीको चित्कार– हामीलाई सुरक्षित ठाउँमा सारिदिनुहोस्

बागमतीका मुख्यमन्त्रीद्वारा श्रम अधिकार र रोजगारीमा जोड

बंकरभित्र बसेका नेपालीको चित्कार– हामीलाई सुरक्षित ठाउँमा सारिदिनुहोस्

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

बंकरभित्र बसेका नेपालीको चित्कार– हामीलाई सुरक्षित ठाउँमा सारिदिनुहोस्

पत्रकारिताले जेनजीको भावनालाई आत्मसाथ गर्नुपर्छ ; मगर

बंकरभित्र बसेका नेपालीको चित्कार– हामीलाई सुरक्षित ठाउँमा सारिदिनुहोस्

ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

बंकरभित्र बसेका नेपालीको चित्कार– हामीलाई सुरक्षित ठाउँमा सारिदिनुहोस्

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

बंकरभित्र बसेका नेपालीको चित्कार– हामीलाई सुरक्षित ठाउँमा सारिदिनुहोस्

मकवानपुरमा अर्धमासिक तलब भुक्तानी सुरु, हेटौंडा खानेपानी बोर्ड अगाडि

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan