Search
Close this search box.

इजरायल आक्रमण ; मृतक सबै नेपालीको शव नेपाल आइपुग्यो

इजरायलस्थित हमास आक्रमणमा परेर मृत्यु भएका सबै नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ ।

गत असोज २० गते हमास समूहको आक्रमणमा परेर मृत्यु भएका १० जना विद्यार्थीको नै शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, मृतकमध्ये सल्यानको शारदा–३ का प्रेम भण्डारी, डोटीको लामिखाल–८ का पदम थापा र डोटीकै राजन फुलाराका शव नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ ।

मन्त्रालयले सुर्खेतबाट नै भण्डारीको शव दाङ र थापा तथा फुलाराको शव हेलिकप्टरमार्फत नै डोटी लगेर आफन्तलाई बुझाईने जनाएको छ ।

अन्य विद्यार्थीको शव भने यसअघि नै नेपाल ल्याएर आफन्तलाई बुझाइसकेको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan