खेल्दै सिक्दै-कारखाना समूह जनप्रियमा

कारखाना समुहको खेल्दै सिक्दै कार्यक्रम परियोजना हेटौंडा कार्यक्रम अन्तर्गत तेस्रो चरणको कार्यक्रम आजवाट सुरु भएको छ । संचालक विद्यालय जनप्रिय माध्यमिक विद्यालय हेटौंडामा शुरुवात भएको हो । कारखाना समुहकी हेटौंडा कार्यक्रम निर्देशक साङ्देन घिसिङले एक समारोहका बिच कार्यक्रमको सुरुवात गरेकी हुन् ।

कारखाना समुहले जनप्रिय मावि र बंशगोपाल मावि चौघडामा नियमित कक्षा अवलोकन गर्दै र खेल्दै सिक्दै कार्यक्रमका कक्षाहरु अवलोकन गरेका थिए । कार्यक्रममा कारखाना समुहका हसिन शाक्य, सामाग्री डिजाइनर समीर प्रसाईं,  सहजकर्ता सफलता लोहारको उपस्थिति रहेको थियो ।

कार्यक्रम जनप्रिय माविका प्रधानाध्यापक भुपेन्द्र चौलागाईं, शिक्षकहरु सुनिल गौतम,  अभिषेक बास्तोला, अजन्ता पराजुली र बंशगोपाल माविका प्रधानाध्यापक रमेश प्रसाद लामिछाने,  रित बहादुर श्रेष्ठ, नबिना महतले कक्षा सहजिकरणमा भुमिका निर्वाह गरेका हुन् । प्राबिधिक कार्यमा सहयोग पुर्याउदै आएको रेड सर्कल प्रालिको आयोजनामा सञ्चालित कार्यक्रममा १४ गतेदेखि १७ गते सम्म १० वटा विद्यालयका शिक्षक तथा विद्यार्थीको सहभागीता रहने छ । कार्यक्रमले शिक्षण सिकाइ क्रियाकलापलाई दिगो र प्रभावकारी बनाउन सीप दक्षता प्रदान गर्ने कुरा फोकल पर्सन युक्तलाल विश्वकर्माले जानकारी गराउनु भएको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

युनिलिभर विरुद्ध स्थानीयको आन्दोलन

युनिलिभर विरुद्ध स्थानीयको आन्दोलन

हेटौंडा - हेटौंडा उपमहानगरपालिका वडा नं.३ बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभलर नेपाल लिमिटेडले कर्मचारी तथा कामदार भर्ना गर्दा बिना बिज्ञापन भर्ना गरेको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रेक...