Search
Close this search box.

वुल्फ-डग प्रजातिको कुकुरको टोकाइबाट तीन महिने शिशुको मृत्यु

अमेरिकाको अलाबामा राज्यमा वुल्फ-डग प्रजातिको हाइब्रिड कुकुरको आक्रमणबाट एक नवजात शिशुको मृत्यु भएको छ ।

बीबीसीका अनुसार तीन महिनाको शिशुलाई घरमै पालेको कुकुरले आक्रमण गरेको हो । वुल्फ-डग कुकुर भाले ब्वाँसो र पोथी कुकुरको प्रजननबाट जन्मिन्छ ।

गत बिहीबार शिशुको उक्त हाइब्रिड कुकुरको टोकाइबाट मृत्यु भएको हो । कुकुरको टोकाइबाट नवजात शिशु गम्भीर घाइते भएका थिए । अस्पताल पुर्‍याउना साथ उनलाई मृत घोषणा गरेको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan