Search
Close this search box.

फिलिपिन्समा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौँ – फिलिपिन्सको दोस्रो ठूलो टापु मिन्डानाओमा दुई वटा शक्तिशाली भूकम्प गएको छ । जसले सम्भावित ुविनाशकारी सुनामीुको प्रारम्भिक डर बढाएको छ।

अमेरिकी भौगर्भिक सर्वेक्षणले शनिबार राति ७।६ म्याग्निच्युडको पहिलो भूकम्प मापन गरेको थियो भने त्यसको केही समयपछि ६।४ मापन भएको थियो।

फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञानले ७.४ र ६.१ म्याग्निच्युडको भूकम्प गएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

भूकम्पका कारण ठूला शहरका स्थानीयहरु घर बाहिर निस्केका थिए भने अस्पतालबाट बिरामीहरूलाई पनि बाहिर निकालिएको थियो । भूकम्पबाट भएको क्षतिको भने कुनै विवरण आएको छैन ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan