Search
Close this search box.

स्थलगत आक्रमणपछि सयभन्दा बढी इजरायली सेनाको मृत्यु

इजरायलले गाजामा स्थलगत आक्रमण सुरु गरेपश्चात सयभन्दा बढी इजरायली सैनिकको मृत्यु भएको छ।

गाजाको दक्षिणी क्षेत्रमा सोमबार बिहान भएको भिडन्तमा तीन जनाको मृत्यु हुँदा अन्य एक मानिस भने सेना सम्बन्धित ट्राफिक दुर्घटनामा मृत्यु भएको इजरायल सुरक्षा बल आईडिएफले जनाएको हो

अक्टोबर ७ मा प्यालेस्टिनी अतिवादी समूह हमासले आक्रमण सुरु गरेपश्चात मारिएका ४३० सैनिक सम्पूर्णको नाम आईडिएफले सार्वजनिक गरेको छ। जसमध्ये १०१ मानिसको मृत्यु इजरायलले २७ अक्टोबरमा गाजामा स्थलगत आक्रमण सुरु गरेपश्चात भएको आईडिएफले जनाएको छ।

यता, हमासले आफ्नो माग पूरा नभएसम्म बन्धकहरुलाई जिउँदो रिहा नगर्ने चेतावनी दिएको छ।

आदानप्रदान, वार्ता र प्रतिरोधका शर्तहरुमा सहमति नजनाएसम्म कुनै बन्धकलाई जिउँदो नछाड्ने हमासका प्रवक्ता अबु ओबेदाले टेलिग्राममा बताए। हमास तथा अन्य सशस्त्र समूहरुको नियन्त्रणमा थप १३८ मानिस भएकाले अधिकारीहरुमाथि दबाब सृजना भएको छ।

इजरायल र हमासबीच भएको एक हप्ताको युद्धविराममा करिब ११० बन्धकलाई स्वतन्त्र गरिएको थियो। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दर्जनौँ हमासका लडाकुहरुले हतियार बिसाएर आत्मसमर्पण गरेको बताए।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

स्थलगत आक्रमणपछि सयभन्दा बढी इजरायली सेनाको मृत्यु

हेटौँडा–४ मा शैक्षिक प्रदर्शनीदेखि खेलकुदसम्मका बृहत् कार्यक्रम हुँदै

स्थलगत आक्रमणपछि सयभन्दा बढी इजरायली सेनाको मृत्यु

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

स्थलगत आक्रमणपछि सयभन्दा बढी इजरायली सेनाको मृत्यु

बागमतीका मुख्यमन्त्रीद्वारा श्रम अधिकार र रोजगारीमा जोड

स्थलगत आक्रमणपछि सयभन्दा बढी इजरायली सेनाको मृत्यु

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

स्थलगत आक्रमणपछि सयभन्दा बढी इजरायली सेनाको मृत्यु

पत्रकारिताले जेनजीको भावनालाई आत्मसाथ गर्नुपर्छ ; मगर

स्थलगत आक्रमणपछि सयभन्दा बढी इजरायली सेनाको मृत्यु

ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

स्थलगत आक्रमणपछि सयभन्दा बढी इजरायली सेनाको मृत्यु

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

स्थलगत आक्रमणपछि सयभन्दा बढी इजरायली सेनाको मृत्यु

मकवानपुरमा अर्धमासिक तलब भुक्तानी सुरु, हेटौंडा खानेपानी बोर्ड अगाडि

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan