Search
Close this search box.

चीनको कोइला खानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु

उत्तरपूर्वी चीनको एक कोइला खानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु हुनाको साथै १३ जना घाइते भएका राज्य नियन्त्रित सञ्चारमाध्यमले बिहिबार जनाएको छ।

स्थानीय समय अनुसार घटना दिउँसोको ३स्५० बजे हेइलोङजियाङ प्रान्तको जिक्सी सहरको बाहिरी भाग स्थित कोईला खानीमा भएको राज्य प्रसारक सिसीटिभीले जनाएको छ।

दुर्घटनामा १२ जनाको मृत्यु तथा १३ जना घाइते भएका तथा घाइतेलाई उपचारको लागि अस्पताल पठाएको तथा थप अनुसन्धान भइरहेको सिसीटिभीले जनाएको छ।

आधिकारिक तथ्याङ्क अनुसार गत वर्ष मात्र एक सय ६८ वटा खानी दुर्घटनामा दुई सय ४५ जनाको मृत्यु भएको थियो। गत नोभेम्बरमा हेलोङजियाङस्थित कोइला खानीमा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो।

यसैगरी सेप्टेम्बरमा चीनको गोन्झाउ प्रान्तको एक कोइला खानीमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan