आधुनिक कृषक समूहको साधारणसभा सम्पन्न

थाहानगर – थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको आधुनिक कृषि तथा पशुपंक्षी पालक कृषक समूहको दोश्रो बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

थाहानगरको शंकर होटलमा भएको साधारणसभाले आगामी २ बर्षे कार्यकालको लागि राजेन्द्रकुमार खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा कृष्ण बिष्ट, सचिबमा मधुकर अधिकारी, कोषाध्यक्षमा प्रदिप उप्रेती चयन भएकाछन् ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा भुवन सेढाई, कपिलध्वज कार्की, रबि जिम्बा चयन भएकाछन् ।

साधारणसभाले कार्यसमितिको तर्फबाट कार्यबाहक अध्यक्ष राजेन्द्रकुमार खत्रीले प्रस्तुत गरेको बार्षिक प्रतिबेदन सहित आगामी नीति तथा कार्यक्रम , कोषाध्यक्ष प्रदिप उप्रेतीले प्रस्तुत गरेको लेखापरीक्षण प्रतिबेदन सहितको आर्थिक प्रतिबेदन पारित गरेको छ ।

२०७८ मा स्थापना भएको समूहले बिभिन्न संघसंस्थासंगको समन्वयमा कृषि र पशुपालन सम्बन्धि बिबिध कार्यक्रम संचालन गर्दै आएको छ ।

कार्यबाहक अध्यक्ष खत्रीको अध्यक्षतामा भएको साधारणसभाको संचालन सचिब रामचन्द्र खत्रीले गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...