साहित्य सङ्गमले गर्याे सहयोगी दातालाई सम्मान

हेटाैंडा- साहित्य सङ्गम मकवानपुरले ३३८औं नियमित साहित्य सन्ध्याका साथमा शनिबार सहयाेगी दाताहरुलाई एकै मञ्चबाट सम्मान गरेकाे छ । सङ्गमले स्थापना गर्न लागेकाे अक्षयकोष अभियानमा सहयोगी दाताहरूलाई सम्मान गरिएको हो ।

हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाका वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता र सङ्गमका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षतामा आयोजित कार्यक्रममा ५ हजार रूपैयाँमाथि सहयोगी दाताहरूलाई सम्मान गरिएको थियाे । सङ्गम मकवानपुरको नयाँ कार्यसमिति चयनपछि वाचन, विमोचन, बहस, कार्यशाला लगायतका नियमित कार्यक्रम सञ्चालनका लागि दीगो अक्षयकोष बनाउन सकेमा संस्थाका गतिविधिले निरन्तरता पाउने हुँदा पहिलो चरणमा कूल ३ लाख ५३ हजार रूपैयाँ सहयोग गर्ने ५५ दाताहरू सम्मान गरिएको अध्यक्ष वर्ताैलाले जानकारी दिए । बाँकी सर्जकहरूलाई दोस्रो चरणको कार्यक्रममा सम्मान गरिने तथा केही दाताहरुले नाम उल्लेख नगर्ने र सम्मान ग्रहण नगर्ने शर्तमा समेत सहयोग दिएकाे उनले बताए ।

कार्यक्रममा प्रमुख अतिथि सिग्देलले  सङ्गमको यस अभियानमा १० लाख पुर्‍याउने लक्ष्यमाथि नपुग रकम सहयोग गर्ने र कार्यक्रमहरूलाई निरन्तरता दिलाउन सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा सहयोगी दाताहरू सुदर्शनप्रसाद अधिकारी, दिनेश भण्डारी, विनोद सुवेदी, अमुल श्रेष्ठ, डीबी बर्तौला, ठाकुरराम भण्डारी, सुभाषचन्द्र पौडेल, विश्वास क्षेत्री, दीपक गौतम, सुदीप बर्तौला, मनोज पोखरेल, उमा मैनाली, भानुभक्त आचार्य, रामहरि न्यौपाने, उमेश आचार्य, रामकृष्ण तिमल्सिनालगायतका व्यक्तिहरु सम्मानित भएका थिए ।

कार्यक्रममा साहित्यकार तुलसी घिमिरे, बालजागृति ईङ्लिश सेकेण्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल विनोद सुवेदीले र सम्मानित वसुदर्शनप्रसाद अधिकारीले मन्तव्य राखेका थिए ।

साहित्य सर्जकहरू सुवास सजल, रचना भण्डारी, रजनी पौडेल, कृतिका लौडारी, स्वस्तिका बानियाँ, इभानी रानाभाट, छवि अनित्य, किसन पौडेल, देवराज तिवारी, सुदर्शन अधिकारी, चेतप्रसाद पौडेल, विष्णु गौतम, ठाकुरराम भण्डारी, शोभा थापा, मिथिला अधिकारी, केशव न्यौपाने आदिले विविध साहित्यक रचना गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...