Search
Close this search box.

जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

जापानको मध्यभागमा सोमबार ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेक्षण (युएसजिएस)ले जनाएको छ।

इसिकावा प्रान्तको नोटो क्षेत्रमा स्थानीय समयअनुसार अपराह्न ४ः१० बजे गएको भूकम्पपछि राष्ट्रिय प्रसारक एनएचकेले भनेको छ, ‘सबै बासिन्दालाई तत्काल उच्च स्थानमा स्थानान्तरण गर्न आवश्यक छ।’

जापानको तटीय क्षेत्रमा केन्द्रविन्दु रहेको तीन सय किलोमिटरभित्र सुनामीको खतरनाक छाल आउन सक्ने हवाईस्थित प्यासिफिक सुनामी वार्निङ सेन्टरले जनाएको छ।

भूकम्पपछि इसिकावा प्रान्तको वाजिमा सहरमा १.२ मिटरको सामुद्रिक छाल आएको जापानी सञ्चारमाध्यम एनएचकेले जनाएको छ। जापानको मौसम विज्ञान निकाय ९जेएमए०का अनुसार सोही क्षेत्रको नोटोमा पाँच मिटरभन्दा बढी सुनामी आउने अनुमान गरिएको छ।

जेएमएका अनुसार जापानको मुख्य टापु होन्सुको सागरमा रहेको नोटो क्षेत्रमा स्थानीय समयअनुसार अपराह्न ४ बजेर ६ मिनेटमा ५.७ म्याग्निच्युडको भूकम्प गएको थियो।

त्यसपछि अपराह्न ४ः१० मा ७.६ म्याग्निच्युड, ४ः१८ मा ६.१ म्याग्निच्युड, ४ः२३ मा ४.5 म्याग्निच्युड, ४ः२९ मा ४.६ म्याग्निच्युड र ४ः३२ मा ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसको केही समयपछि ६.२ म्याग्निच्युडको अर्को भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ।

भूकम्पको सबैभन्दा ठूलो धक्कापछि जापानी सञ्चारमाध्यमले विशेष प्रसारण गरी प्रभावित क्षेत्रका बासिन्दालाई उच्च भूमिमा जान तत्काल आग्रह गरेका छन्।

‘हामी तपाईंको घरको मायालाई बुझ्छौँ, तपाईंको सामानहरू सबै तपाईंका लागि बहुमूल्य छन्, तर तपाईंको जीवन सबैभन्दा महत्वपूर्ण छ । सम्भव भएसम्म छिट्टै अग्लो जमिनमा पुग्नुहोस्,’ एनएचकेमार्फत प्रसारण गरिएको कार्यक्रममा प्रस्तोताले दर्शकहरूको सुरक्षाका लागि आग्रह गरे।

जापानमा भवनहरूले शक्तिशाली भूकम्प सहन सकून् भन्ने उद्देश्यले कडा निर्माण नियमहरू छन् र ठूलो झट्काका लागि तयारी गर्न नियमित रूपमा आपतकालीन अभ्यासहरू हुने गर्छन्। तर, सन् २०११ को मार्चमा उत्तरपूर्वी जापानमा गएको नौ म्याग्निच्युडको भूकम्पका कारण आएको सुनामीका कारण करिब १८ हजार पाँच सयजनाको मृत्यु भएको थियो।

सन् २०११ को सुनामीले फुकुसीमा आणविक केन्द्रमा तीनवटा रिएक्टरहरू पनि ध्वस्त पारेको थियो, जसले गर्दा जापानको युद्धपछिको सबैभन्दा खराब विपत्ति र चेर्नोबिलपछिको सबैभन्दा गम्भीर आणविक दुर्घटना भएको थियो।

सन् २०२२ को मार्चमा फुकुसिमाको तटीय क्षेत्रमा गएको ७.४ म्याग्निच्युडको भूकम्पले पूर्वी जापानको ठूलो क्षेत्रमा धक्का महसुस गरिएको थियो। राजधानी टोकियोलाई एक शताब्दीअघि सन् १९२३ मा आएको विनाशकारी भूकम्पले तहसनहस बनाएको थियो।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

हेटौँडा–४ मा शैक्षिक प्रदर्शनीदेखि खेलकुदसम्मका बृहत् कार्यक्रम हुँदै

जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

बागमतीका मुख्यमन्त्रीद्वारा श्रम अधिकार र रोजगारीमा जोड

जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

पत्रकारिताले जेनजीको भावनालाई आत्मसाथ गर्नुपर्छ ; मगर

जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

मकवानपुरमा अर्धमासिक तलब भुक्तानी सुरु, हेटौंडा खानेपानी बोर्ड अगाडि

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan