Search
Close this search box.

भूकम्पबाट जापानमा १३ जनाको मृत्यु

काठमाडौं – जापानको भूकम्पमा परी १३ जनाको मृत्यु भएको छ। मृतक सबै भूकम्पको केन्द्र इशिकावा क्षेत्रका हुन्।

सोमबार दिउँसो जापानको मध्य भागमा अवस्थित इशिकावा केन्द्रविन्दु भएर ७।६ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पबाट इशिकावा, निगता, फुकुइ, तोयामा र गिफु क्षेत्र प्रभावित भएका छन्।

भूकम्पपछि जापानको मौसम विभागले सुनामी आउने चेतावनीसहित सूचना जारी गरेको थियो। तर पछि ती सूचना हटाइयो र सुनामी पनि आएको छैन।

भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम जारी रहेको जापानको सरकारी सञ्चारमाध्यम एनएचकेले जनाएको छ। भूकम्प प्रभावित क्षेत्रमा घर, सडक र बिजुलीका लाइनहरुमा क्षति पुगेका फोटो(भिडियो सामाजिक सञ्जालमा पोस्ट भइरहेका छन्।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan