मनहरी महोत्सवः जितु लोप्चनको सेलो र आधुनिक गीतमा झुमे दर्शक

मनहरी– मकवानपुरको मनहरीमा चलिरहेको मनहरी महोत्सवको दोस्रो दिन महोत्सवमा उपस्थित दर्शक गायिका जितु लोप्चनलगायतका कलाकारको गीतमा रमेका छन् । विशेष गरी लोप्चनका सेलो तथा आधुनिक गीतमा दर्शक रमाएका थिए । तामाङ समुदायको बाहुल्यता रहेको पश्चिम मकवानपुरको मनहरी बजारस्थित खोला किनारमा आयोजना भएको महोत्सवमा तामाङ सेलो गाउन आइपुग्नु भएकी लोप्चनले ‘काले काले नक्कले केटाको हेराइ बेइमानी’, ‘कति बस्छौ टिकटकको लाइभमा’, लगायतका गीतहरु गाएकी थिइन् ।

उनले बीच बीचमा तामाङ भाषाको सम्बादसँगै गीत गाइरहँदा मनहरीबासी दर्शकहरु झुम्मिएका थिए । साँझपखको चिसो मौसमलाई गायिका लोप्चनले गर्मागर्मी बनाइरहँदा दर्शक, स्रोताहरुले नाँच्दै हुटिङ गरेर साथ दिएका थिए । लोप्चनको प्रस्तुति अघि नेपालकै पहिलो चेपाङ गायक रविनकुमार चेपाङको प्रस्तुति रहेको थियो । उनले दर्शकहरुलाई उत्साहित बनाउँदै आफूले गाएको र दिल्लीमा आयोजित कार्यक्रममा एवार्ड पाएको ‘रक्सी लोहाङ, बेरती’ लगायतका गीतहरु तथा सर्लाहीको भरतताल सम्बन्धमा बनाइएको नयाँ गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कलाकारहरु गणेश चेपाङ, देवराज चेपाङ, सन्देश चेपाङ तथा सूर्य मुक्तानले मन्चमा दर्शकहरुलाई भरपूर मनोरन्जन दिएका थिए । गायनसँगै आस्था कला केन्द्रका कलाकारहरुले विभिन्न नयाँ पुराना लोक आधुनिक गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए । महोत्सवको दोस्रो दिन उत्साहपूर्ण ढंगले सांस्कृतिक कार्यक्रमसहित अवलोकनकर्ताहरु बढ्ने क्रममा रहेको आयोजक मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिले जनाएको छ । महोत्सवमा माघ १६ गते व्यवस्थापन गर्न नसकिएका कतिपय स्टलहरु व्यवस्थापन हुँदै गएका छन् । माघ १६ गतेदेखि सुरु भएको महोत्सव माघ २८ गते समापन हुनेछ । स्टलमा दैनिक उपभोग्य सामग्री, घरेलु सीपद्वारा निर्मित फलामे औजार, कृषि उपज, कपडा, इलेक्ट्रोनिकस, होटल लगायत १५० वटा स्टलहरु रहेका छन् । चेपाङको परम्परागत घर प्रदर्शनी र बनकरिया समुदायबाट उत्पादित साबुन बिक्रीलाई समेत महोत्सवमा जोड दिइएको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...