मनोज गजुरेलकाे प्रस्तुतिमा झुमे मनहरी महोत्सवका दर्शक

मनहरी– पाँचौ मनहरी महोत्सवमा हाँस्य कलाकार मनोज गजुरेलले शानदार प्रस्तुति दिएका झन् ।  उनको एकल प्रस्तुति र उहाँसहित अर्का कलाकार एबम् महोत्सवका व्यवस्थापक रामेश्वर रिजालसँगको संयुक्त प्रस्तुतिमा दर्शकले भरपूर मनोरन्जन लिएका थिए ।

कलाकार गजुरेलले राजनीतिक दल र तिनका नेताहरु ब्यंग्य प्रहार गर्ने क्रममा पार्टीको नाम नतोकीकन ‘मनहरीको माधव नेपाल को हो’ भनी प्रश्न गरेका थिए । त्यस क्रममा कलाकार गजुरेलले माधव नेपालको क्यारिकेचर गर्दै ‘अपमान भयो’ भन्ने बाक्यांश अभिनयात्मक शैलीमा प्रस्तुत गर्नु भएको थियो । उनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबाले बोलेको नबुझेको र आफूले भनेको कुरो तुरुन्तै बिर्सने स्वभाव भएको भन्दै ब्यंग्य गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीका समेत उनले क्यारिकेचर गरेका थिए । प्रस्तुतिको अन्तमा थपिनु भएका अर्का कलाकार रामेश्वर रिजालले आफूलाई प्रचण्डको रुपमा प्रस्तुत गर्दै केही समय गजुरेल र रिजालबीच व्यंग्यात्मक सम्बाद भएको थियो ।

चौथो दिनको महोत्सवमा तामाङ समुदायमा बहुचर्चित गायक बिशाल कान्तान र चर्चित लोकदोहोरी गायक कृष्ण रेउलेले गायन प्रस्तुत गरेका थिए । स्थानीय रुपमा अनुषा चेपाङ, अमित लोप्चन, प्रमिला मगरले दोहोरी गीत प्रस्तुत गरेका थिए । त्यसैगरी स्थानीय एन्फेरियर ब्याण्डसहित अन्य ब्याण्डहरुले समेत महोत्सवको माहोल तताएको थियो । महोत्सवको माघ १९ गतेको प्रस्तोताका रुपमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान मकवानपुरका अध्यक्ष रविन्द्र थिङले भूमिका निर्वाह गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...