Search
Close this search box.

मनहरी महाेत्सवमा धुर्मुस सुन्तलीसँग रमाए दर्शक

हेटाैंडा- पाँचौ मनहरी महोत्सव २०८० मा आइतबार चर्चित हाँस्य जोडी धुर्मुस–सुन्तली (सीताराम कट्टेल र कुन्जना घिमिरे) ले दर्शकहरुलाई मनाेरञ्जन गराएका छन् । उनीहरुले समसामयिक सामाजिक विकृति तथा राजनीतिक विकृतिका विरुद्ध व्यंग्य गर्दै देश बिग्रँदै गएको, युवा विदेश जानुपर्ने बाध्यता सिर्जना भएको तथा देशलाई नेतृत्व गर्न नयाँ मान्छे आवश्यक रहेको भाव झल्किने प्रहसन गरेका थिए । मौलिक गाउँले शैलीको उनीहरुको प्रहसन हेर्नका लागि बृद्धबृद्धाहरु समेत महोत्सव स्थलमा झुम्मिएका थिए ।

धुर्मुस–सुन्तलीसँगै महोत्सवमा नेपालकै पहिलो चेपाङ गायक रविन कुमार चेपाङ, उर्मिला प्रजा, मोडल पवन कु चेपाङ र शुक्र महर्जन, आरती प्रजा लगायतले प्रस्तुति दिएका थिए । माघ २२ गते आज चर्चित गायिका भूमिका गिरी, सुमिना लो, गीता योन्जन, अबिराम मुक्तानले प्रस्तुति दिने तयारी छ भने स्थानीय रुपमा अनिल सुनार, उर्मिला परियार लगायतको प्रस्तुति रहनेछ ।

मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिको आयोजनामा माघ १६ गते सुरु भएको महोत्सव माघ २८ गतेसम्म चल्नेछ । महोत्सवमा स्थानीय परिकार र उत्पादनका स्टलसहित १५० वटा स्टल छन् ।

स्थानीय माछा, तामा, मास, गहत, दलहन, चेपाङ जातिले जीवनयापनका लागि उपभोग गर्ने गिट्ठा भ्याकुर, बनकरिया समुदायद्वारा उत्पादित साबुन, कैलाश गाउँपालिकाको तर्फबाट कुरिलोसहितका कृषि उत्पादनका बस्तुहरु, राक्सिराङ गाउँपालिकामा उत्पादित कृषिजन्य बस्तु तथा फापरको सेलरोटी लगायतका स्थानीय बस्तुहरुलाई महोत्सवमा प्रबद्र्धन गरिएको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

मनहरी महाेत्सवमा धुर्मुस सुन्तलीसँग रमाए दर्शक

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

मनहरी महाेत्सवमा धुर्मुस सुन्तलीसँग रमाए दर्शक

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

मनहरी महाेत्सवमा धुर्मुस सुन्तलीसँग रमाए दर्शक

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

मनहरी महाेत्सवमा धुर्मुस सुन्तलीसँग रमाए दर्शक

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

मनहरी महाेत्सवमा धुर्मुस सुन्तलीसँग रमाए दर्शक

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

मनहरी महाेत्सवमा धुर्मुस सुन्तलीसँग रमाए दर्शक

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

मनहरी महाेत्सवमा धुर्मुस सुन्तलीसँग रमाए दर्शक

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

मनहरी महाेत्सवमा धुर्मुस सुन्तलीसँग रमाए दर्शक

सडक आश्रित मानव उद्धारका लागि बागमतीको नयाँ कार्यविधि स्वीकृत

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan