इन्टरनेशनल साइन्स फेयरमा हेटौंडाका युवाका रिसर्च प्रोजेक्ट चौथो

हेटौंडा– ताइवानमा माघ १९ गते सम्पन्न भएको ताइवान इन्टरनेशनल साइन्स फेयरमा नेपालले इन्जिनियरिङ तर्फको विधामा चौथो स्थान हासिल गर्न सफल भएको छ ।

यहि माघ १४ देखि १९ गते सम्म भएको उक्त अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी मेलामा नेपालको तर्फबाट प्रतिष्पर्धा गर्न गएका हेटौंडाका कक्षा १२ मा अध्ययनरत विद्यार्थी शाश्वत वाइबाको कृषि–प्रविधिमा आधारित ‘एग्रो–गार्ड’ नामक रिसर्च प्रोजेक्टले चौथो स्थान हासिल गर्न सफल भएको हो ।

गणित, रसायनशास्त्र, इन्जिनियरिङ लगायतका फरक फरक १३ वटा विधा समेटिएको उक्त प्रदशनी मेलामा जापान, अमेरिका, सिङ्गापुर, न्युजिल्यान्ड, स्विजरल्यान्ड लगायतका २७ भन्दा बढी देशहरुका राष्ट्रिय स्तरवाट छनोट भएका उत्कृष्ट युवा वैज्ञानिक विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

२० वर्ष भन्दा कम उमेरका उच्च शिक्षामा अध्ययनरत राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका विद्यार्थीहरुको वैज्ञानिक अनुसन्धान, नवप्रवर्तनात्मक अवधारणा र क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्न अवसर प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष ताइवानको सूचना तथा प्रविधि मन्त्रालय मातहतको नेशनल ताइवान साइन्स एजुकेशन सेन्टरले उक्त विज्ञान प्रविधि मेलाको आयोजना गर्दै आइरहेको छ ।

विविध विधामा आधारित वैज्ञानिक अनुसन्धान परियोजनाहरुलाई प्रदर्शन गराइने यस प्रदर्शनी मेलामा यस वर्ष ६३० जना विद्यार्थी अनुसन्धानकर्ताहरुद्वारा ३५९ वटा विज्ञान, सूचना–प्रविधि, नवप्रवर्तन सम्बन्धी अनुसन्धानका प्रोजेक्टहरु प्रदर्शनीमा राखिएको थियो । जहाँ ५४ वटा अन्तर्राष्ट्रिय र ३०४ वटा राष्ट्रिय प्रोजेक्टहरु समावेश गरिएका थिए ।

यस विज्ञान प्रदर्शनीमा नेपालबाट विद्यार्थी प्रतिस्पर्धामा सहभागी गराउनका निम्ति विज्ञान तथा प्रविधिका क्षेत्रमा काम गर्दै आइरहेको एस्ट्रोनोभा फाउण्डेसन नेपालले दरखास्त आवेदन आह्वान गरी प्रतिस्पर्धामार्फत् वाइवाको सो अनुसन्धानात्मक प्रोजेक्ट छनौट गरी ताइवानमा नेपाललाई प्रतिनिधित्व गराएको हो ।

वाइवाले गत वर्ष व्रेनिक्युव रिसर्च अर्गनाइजेशनद्वारा आयोजित राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनमा युवा वैज्ञानिकको उपाधिसमेत प्राप्त गरेका थिए । फाउण्डेशनबाट किशन बास्तोला र आयुष बस्नेतको परिवेक्षणमा वाइवासहितको टोली माघ १३ गते ताइवान प्रस्थान गरेका थिए ।

यस समापन समारोहमा ताइवानका विज्ञान–प्रबिधि मन्त्री, विदेश बिभाग प्रमुख, नेशनल ताइवान साइन्स एजुकेशन सेन्टरका डाईरेक्टर जेनेरल, ताइवान राष्ट्रिय विश्वविद्यालयका प्रोफेसरलगायत विभिन्न देशका विशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...