अनलाइनमार्फत निशुल्क वेबसाइट डिजाइन तालिम हुँदैः जोकोही सहभागी हुन पाउने

पोखरा– अनलाइनमा वेबसाइट डिजाइन सम्बन्धी निःशुल्क तालिम आयोजना हुने भएको छ । इकमर्स साथी प्रालि नामक कम्पनीले एक हप्ता लामो निःशुल्क वेब डिजाइनिङ तालिम दि‍ने भएको हो ।  सूचना र प्रविधिको विकाससँगै व्यक्तिगत तथा व्यावसायिक वेबसाइट बनाउने क्रम पनि बढ्दैछ । आफ्नो व्यक्तिगत वा व्यावसायिक वेबसाइट निर्माण गर्ने तथा आफैंले व्यवस्थापन गर्न धेरैले रुचि पनि राख्ने गरेका छन् ।

सोही कुरालाई ध्यानमा राख्दै निःशुल्क वेबसाइट डिजाइन तालिम आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ । आधारभूत वेबसाइट डिजाइन तालिम आगामी २८ माघदेखि सुरु हुने आयोजक कम्पनीका सञ्चालक विजय कुमालले जानकारी दिए । तालिममा इच्छुक जोकोहीले सहभागिता जनाउन सक्ने उनले बताए ।   आधारभूत तालिममा डोमेन रजिस्ट्रेसन, होस्टिङ, निःशुल्क डोमेन रजिस्ट्रेसन गर्ने तरिका, वर्ड प्रेस इन्स्टल, सेटिङ, फ्रि थिम र प्लगिन प्रयोग गरी ‘रियल-टाइम पर्सनल प्रोजेक्ट डेभलपमेन्ट’को काम सिकाइने कम्पनीले जनाएको छ ।  अहिलेको समयमा नयाँ व्यवसाय, समाचार माध्यम, फर्म आदि संस्थाहरू दर्ता हुनुका साथै वेबसाइट पनि सञ्चालन गर्ने प्रचलन बढ्दै गइरहेको छ ।

त्यस्ता वेबसाइट बनाउन लगाउँदा संस्थाका व्यक्तिहरूलाई वेबसाइटको सामान्य ज्ञानसमेत नहुँदा धेरै ठगिने गरेको बताउँदै सञ्चालक कुमालले वेबसाइटबारे आधारभूत ज्ञान प्रदान गराउने उद्देश्यले निःशुल्क तालिम सञ्चालन गर्न लागिएको बताए ।  जुमबाट हुने तालिममा सय जनाको मात्रै क्षमता भएकाले अन्य इच्छुकले विजय कुमालको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हेर्न सक्ने व्यवस्था मिलाइएको छ । तालिम हरेक दिन बेलुकी ७ बजेदेखि ८ बजेसम्म चल्नेछ । तालिममा जोडिन चाहनेहरूका लागि जुम आईडी उपलब्ध गराइएको छ । 

Meeting ID: 823 1181 0015  Passcode: 786876

YouTube: Bijay Kumal

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...