फागुन ११ देखि ‘गोर्खा वारियर’ प्रदर्शन हुँदै


हेटौंडा – बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा समेटिएको नेपाली चलचित्र ‘गोर्खा वारियर’ फागुन ११ मा प्रदर्शन हुने भएको छ । बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरी निर्माण टिमले आगामी फागुन ११ गते नेपालभर प्रदर्शन हुने जानकारी दिए ।

युद्धको कथामा बनेको नेपाली चलचित्रमा सन् १९४९ मा मलाया जंगलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा समेटिएको चलचित्रका निर्देशक मिलन चाम्सले जानकारी दिए । ‘गोर्खा वारियर’ सन् २०२४ को ब्रिटिस एकेडेमी फिल्म एण्ड टेलिभिजन अवार्ड (बाफ्टा फिल्म) मा प्रवेश पाउने पहिलो नेपाली चलचित्र पनि हो ।

चलचित्र ‘गोर्खा वारियर’ मा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायत कलाकारले अभिनय गरेका छन् । पत्रकार सम्मेलनमा नायिका रेविका गुरुङ, नायक रितेश चाम्स, चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष कपिल खड्का, चलचित्र पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष पोष्टराज अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...