Search
Close this search box.

आगो ताप्ने क्रममा जलेर मृत्यु

रुपन्देहीको कञ्चन गाउँपालिका–१ सानो उकालीमा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७९ वर्षीया मन कुमारी थापा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, आफ्नै घरमा आइतबार साँझ आगो ताप्ने क्रममा कपडामा आगो सल्किदा जलेर उनी गम्भीर घाइते भएकी थिइन् ।

उनको उपचारको क्रममा मिसन अस्पताल पाल्पामा गएराति मृत्यु भएको हो । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan