Search
Close this search box.

ढाकामा रेस्टुराँमा आगलागी हुँदा कम्तीमा ४३ को मृत्यु

ढाकाको एउटा बहुतले भवनमा आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार राजधानी ढाकाको एक रेस्टुरेन्टमा बिहीबार राति १० बजे आगलागी भएको थियो । आगो पूरै भवनमा फैलिएको अनि दर्जनौँ मानिस यसमा फसेको बताइएको छ ।

अग्नि नियन्त्रक अधिकारीहरूका अनुसार आगो नियन्त्रणमा लिइएको र आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ । बङ्गलादेशका स्वास्थ्य मन्त्री सामन्त लाल सेनका अनुसार ढाका मेडिकल कलेज अस्पतालमा महिला र बालबालिकासहित कम्तीमा ३३ जनालाई मृत घोषणा गरिएको छ । सहरको मुख्य बर्न अस्पतालमा कम्तीमा १० जनाको मृत्यु भएको बताइएको छ ।

सेनाले अरू दर्जनौँ घाइतेलाई उपचारका लागि त्यहाँ पठाएको बताइएको छ । रेष्टुरा रहेको भवन सात तले थियो । यो भवनमा अन्य रेस्टुरेन्टहरू, कपडा पसल, फोन पसल थिए । आगो लागेपछि मानिसहरू आत्तिएर कोही भवनको माथिल्लो तलातिर चढ्दै थिए । कोही पाइपबाट तल ओर्लिएका थिए । आत्तिएर कोहीले भर्याङबाट हामफाले कोही झ्यालबाट । घटनाको विस्तृत विवरण आउन बाँकी नै छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

ढाकामा रेस्टुराँमा आगलागी हुँदा कम्तीमा ४३ को मृत्यु

हेटौँडा–४ मा शैक्षिक प्रदर्शनीदेखि खेलकुदसम्मका बृहत् कार्यक्रम हुँदै

ढाकामा रेस्टुराँमा आगलागी हुँदा कम्तीमा ४३ को मृत्यु

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

ढाकामा रेस्टुराँमा आगलागी हुँदा कम्तीमा ४३ को मृत्यु

बागमतीका मुख्यमन्त्रीद्वारा श्रम अधिकार र रोजगारीमा जोड

ढाकामा रेस्टुराँमा आगलागी हुँदा कम्तीमा ४३ को मृत्यु

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

ढाकामा रेस्टुराँमा आगलागी हुँदा कम्तीमा ४३ को मृत्यु

पत्रकारिताले जेनजीको भावनालाई आत्मसाथ गर्नुपर्छ ; मगर

ढाकामा रेस्टुराँमा आगलागी हुँदा कम्तीमा ४३ को मृत्यु

ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

ढाकामा रेस्टुराँमा आगलागी हुँदा कम्तीमा ४३ को मृत्यु

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

ढाकामा रेस्टुराँमा आगलागी हुँदा कम्तीमा ४३ को मृत्यु

मकवानपुरमा अर्धमासिक तलब भुक्तानी सुरु, हेटौंडा खानेपानी बोर्ड अगाडि

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan