Search
Close this search box.

२० लाख बालबालिकाले लगाए दादुरा रुबेलाविरुद्धको खोप

सरकारले संचालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियान अन्तरगत हालसम्म करिब २० लाख बालबालिकाले खोप लगाएका छन् ।

यही फागुन १३ गतेदेखि संचालन भएको उक्त अभियानमा ३४ प्रतिशतले दादुरा रुबेलाविरुद्धको खोप लगाएको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतमले जानकारी दिए

उनका अनुसार, कुल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकामध्ये प्रारम्भिक चरणमा सो संख्यामा खोप लगाइएको हो ।

दादुरा–रुबेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै संचालन गरेको उक्त अभियान आगामी चैत ७ गतेसम्म संचालन हुनेछ ।

सबै जिल्लामा एकै पटक अभियान सुरु गर्ने भनिएपनि चिसोका कारण मनाङ र मुस्ताङमा अझै खोप अभियान सुरु भएको छैन । त्यस बाहेक भूकम्पले प्रभावित भएका जिल्ला रुकुम पश्चिम र जाजरकोटमा यसअघि नै खोप लगाइसकिएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan