Search
Close this search box.

आजको राशिफल(२०८० फागुन २८ गते)

मेष

आफ्नै बेहोसीले नोक्सान पुर्याउला। सोखले फजुल खर्च बढाउन सक्छ। काम दोहोर्याउनुपर्ने स्थितिसमेत आउन सक्छ। पहिलेको कारोबार नमिल्नाले व्यवहारमा समस्या पर्न सक्छ। ठूलो भाग पाउने मोहले भएको वस्तुसमेत गुम्न सक्छ। टाढाका साथीभाइको निम्तो प्राप्त हुनेछ। समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।

वृष

उठ्नुपर्ने रकम हातलागी हुनेछ। आम्दानी बढ्नाले काममा उत्साह जाग्नेछ। अचल सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार बढ्नेछ भने दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। श्रमको उचित मूल्यांंकन हुनेछ। पढाइमा राम्रै प्रगति होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। साथीभाइले पनि फाइदा दिलाउनेछन्।

मिथुन

मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। नोकरी तथा व्यवसायमा विशेष फाइदा हुनेछ। भौतिक साधनहरू संग्रह हुनेछन्। विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता समेत बढ्न सक्छ। सामाजिक प्रभाव पनि बढ्नेछ। आफ्नो वर्ग वा क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ।

कर्कट

कामको चापले जीवनशैली व्यस्त रहनेछ, स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। सामाजिक समस्या सुल्झाउने जिम्मेवारी आउन सक्छ। परिस्थितिवश अध्ययनमा पछि परिनेछ। पेसा र व्यापारमा सोचेको फाइदा नउठ्न सक्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्ला। श्रम परे पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।

सिंह

अरूका लागि बुद्धि खर्चनुपर्ला। उपलब्धिविहीन काममा समय बित्नेछ। रकम अभावले आजको योजना स्थगित हुन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। आफ्नो श्रमबाट अरूले फाइदा उठाउलान्। नयाँ काम थाल्न समय पर्खनुहोला। प्रतिफल अनिश्चित रहे पनि गरी आएका कामलाई निरन्तरता दिन सकिनेछ।

कन्या
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमा रमाउने समय छ। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यापारमा फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ।

तुला
स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। चिताएको काम बन्नुका साथै मनग्य धनलाभ हुनेछ। रोकिएको काम बन्न थाल्नेछन्। प्रयत्न दोहोर्याउँदा लक्ष्यप्राप्ति हुनेछ।

वृश्चिक
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि मिहिनेतले काम बन्नेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन र कृषितर्फ सामान्य लाभ हुनेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। नियमित काम सम्पादन हुनेछन्। सत्कार्यमा शुभचिन्तकहरूको साथ पाइनेछ।

धनु

बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन्। अरूको विश्वास गर्दा धोका हुन सक्छ। आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। परिवारमा आमाको सहयोग लिँदा काम बन्न सक्छ।

मकर

सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। स्रोत-साधन जुट्नाले उद्योग र व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ।

कुम्भ

आयआर्जनका स्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। नयाँ काम गर्ने अवसर प्राप्त हुनाले दैनिकीमा समेत परिवर्तन आउनेछ। अध्ययनमा प्रगति हुनेछ।

मीन
कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। काममा विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा मनग्य फाइदा हुनेछ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

आजको राशिफल(२०८० फागुन २८ गते)

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

आजको राशिफल(२०८० फागुन २८ गते)

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

आजको राशिफल(२०८० फागुन २८ गते)

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

आजको राशिफल(२०८० फागुन २८ गते)

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

आजको राशिफल(२०८० फागुन २८ गते)

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

आजको राशिफल(२०८० फागुन २८ गते)

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

आजको राशिफल(२०८० फागुन २८ गते)

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

आजको राशिफल(२०८० फागुन २८ गते)

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan