Search
Close this search box.

आजको राशिफल (२०८० फागुन ३० गते)

मेष
आफन्तको सान्निध्य र अभिभावाकको स्नेह प्राप्त हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। प्रयत्न गरेको काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। व्यापारले फाइदा दिनेछ। तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ। नयाँ काम गर्ने अवसर पनि प्राप्त हुनेछ।

वृष

मालमत्ता हराउने सम्भावाना देखिएकाले होसियारीसाथ काम लिनुहोला। प्रलाेभन देखाउनेहरूले झुक्याउन सक्छन्। आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। अनावश्यक किनमेलमा अधिक रकम खर्च हुनेछ। परिणाम विचार नगरी काम थाल्दा दुःख मात्र पाइनेछ। नियमित काम तथा व्यवसायमा ध्यान पुर्याउनुहाेला। रकम जुटाउन समय लाग्नेछ।

मिथुन

पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। तर रकम जुटाउँदा ऋणभार बढ्न सक्छ। सरसापटमा पनि केही धन बाहिरिने देखिन्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ। तापनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। अरूको विषयमा चासो लिँदा झमेला बेहोर्नुपर्ला।

कर्कट

मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। भौतिक साधनहरू संग्रह हुनेछन्। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। भविष्यका लागि रुचिका विषयमा लगानी बढाउन सकिनेछ।

सिंह

स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। मिहिनेत परे पनि काम रोकिन सक्छ। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। तर केही समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। सामाजिक दायित्व बढ्नेछ। अवसरवादीहरूले भने मौकाको फाइदा उठाउने चेष्टा गर्नेछन्।

कन्या

स्वास्थ्यका लागि आहार–विहारमा अलि सजग रहनुपर्नेछ। व्यस्तता बढ्नेछ भने शारीरिक समस्याले कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। सामान्य काममा धेरै धन र परिश्रम खर्चनुपर्ला। आफ्नो वस्तुमा अरूले दाबी गर्लान्। बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ। बलजफ्ती प्रयत्न गर्दा व्यर्थैमा दु:ख पाइनेछ।

तुला

छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। भौतिक साधन जुट्नाले आम्दानी बढाउने काम गर्न सकिनेछ।

वृश्चिक

रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ। आर्थिक लाभ हुने काम पनि सम्पादन हुनेछ। प्रतिकूल परिस्थितिका बाबजुद लक्ष्य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने उपलब्धि जोगाउन सफल भइनेछ।

धनु

परिस्थितिवश चिताएको काममा विलम्ब हुनेछ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। अध्ययनमा समय दिन नसक्दा पछि परिने सम्भावना छ। लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ। शुभचिन्तकहरूले राम्रो साथ दिनेछन्। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला।

मकर

फाइदा मात्र हेर्दा आलोचित भइनेछ। तापनि, आज अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा अवश्यै लाभ हुनेछ।

कुम्भ

विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ। परिश्रम परे पनि समय फलदायी रहनेछ।

मीन

मेहनतले सम्मानित स्थान दिलाउनेछ। अध्ययन र लेखनमा प्रगति हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। सम्पादित कामबाट मनग्य लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अहिलेको लगानीले पछिलाई फाइदा दिलाउनेछ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

आजको राशिफल (२०८० फागुन ३० गते)

कैलाशका शिक्षकलाई सूचना प्रविधि तालिम

आजको राशिफल (२०८० फागुन ३० गते)

हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा मानव अधिकार सचेतना कार्यक्रम सम्पन्न

आजको राशिफल (२०८० फागुन ३० गते)

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

आजको राशिफल (२०८० फागुन ३० गते)

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

आजको राशिफल (२०८० फागुन ३० गते)

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

आजको राशिफल (२०८० फागुन ३० गते)

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

आजको राशिफल (२०८० फागुन ३० गते)

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

आजको राशिफल (२०८० फागुन ३० गते)

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan