Search
Close this search box.

आजको राशिफल (२०८० चैत १ गते)

मेष

नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

वृष

फजुल खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। अरूको विश्वास गर्दा धोका हुन सक्छ। अवसरका लागि निकै दौडधुप पनि गर्नुपर्ला। प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्न सक्छ। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्।

मिथुन

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। तर धेरै फाइदा उठाउन भने नसकिएला। केही रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ने स्थिति आउन सक्छ। श्रमको राम्रै मूल्यांकन भए पनि उपलब्धि तत्कालै प्राप्त नहुन सक्छ। पछिका लागि जिम्मेवारी भने प्राप्त हुनेछ। सरसापट वा कर्जामार्फत आवश्यक रकम पनि जुट्नेछ।

कर्कट

तारिफयोग्य कामको चर्चा हुनेछ। अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। नोकरी तथा व्यवसायतर्फ मनग्य फाइदा हुनेछ। भौतिक साधन जुट्नेछन्। कामले धेरैको मन जित्न सकिनेछ। रुचिका विषयमा लगानी बढाउन पनि सकिनेछ।

सिंह

पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। नयाँ काम थालनी हुनेछ। सानो प्रयत्नले दिगो काम सम्पादन गर्न सकिनेछ। साथीभाइले सहयोग जुटाउनेछन्। धार्मिक तथा सामाजिक काममा मन जानेछ। टाढिएका साथीभाइ नजिकिनेछन्। पेसा तथा व्यवसायमा फाइदा हुने समय छ। अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले जीवनशैलीमा समेत सुधार ल्याउन सकिनेछ।

कन्या

अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। बेसुरको निर्णयले समस्या आउला। बलजफ्तीले काम बिग्रन सक्छ। परिस्तिथिवश काममा केही ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले मन खिन्न बनाउला। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला।

तुला

परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुने समय छ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त हुनेछ। एउटै कामबाट दोहोरो लाभ उठाउन सकिनेछ।

वृश्चिक

रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा जुट्नाले मनग्य फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले फाइदा हुने काम सुरु हुनेछ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने द्वन्द्व र मुद्दामा पनि आफ्नो पक्ष सबल बन्नेछ।

धनु

अध्ययन र पेसामा प्रगति गर्ने समय छ। विद्यार्थीहरूका लागि विशेष उपलब्धि हासिल हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। पहिलेको कमजोर नतिजा पनि सच्याउन सकिनेछ। व्यापार-व्यवसायमा पनि राम्रो फाइदा हुनेछ। तत्कालको निर्णयले नयाँ काम सुरुवात हुन सक्छ। शुभचिन्तकहरूले साथ दिने हुँदा लक्ष्यअनुसारको उपलब्धि प्राप्त गर्न सकिनेछ।

मकर

फाइदा हेर्दा काम बिग्रन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले सम्झौता समेत टुंगिन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। ढिलासुस्तीले हातमा आएको मौका समेत गुम्न सक्छ। सगोलको सम्पत्तिमा विवाद आउने तथा भागबन्डा लाग्ने सम्भावना छ। परिस्थितिवश काम अधुरो रहला। नतिजा कमजोर देखिनाले विशेष काम दोहोर्याउनुपर्ने हुन सक्छ।

कुम्भ

साथीभाइ जुट्नाले काममा उत्साह जाग्नेछ र चाँडै लक्ष्यमा पुग्न सकिनेछ। दिगो काम थालनी हुनुका साथै विशेष उपलब्धि प्राप्त हुनेछ। सेवामूलक काम सम्पादन हुन सक्छ। टाढिएका साथीभाइ नजिकिनेछन्। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। प्रयत्न गर्दा नयाँ व्यवसाय सञ्चालन गर्न सकिनेछ। पराक्रम बढ्नेछ र प्रतिस्पर्धीहरूलाई पछि पार्न पनि सकिनेछ।

मीन

तार्किक क्षमता बढ्नेछ भने मिहिनेतले लक्ष्यमा पुर्याउन सक्छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। सानो प्रयत्नले ठूलो काम बन्न सक्छ। कामले सम्मानित स्थान दिलाउनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूको माध्यमबाट राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। दिगो फाइदा हुने काम सुरु हुनेछ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan