चलचित्र महाजात्रा: राजनीतिक नेतृत्वले भत्काएका सपना

हेटौंडा – चलचित्र ‘महाजात्रा’ हेटौडाका दर्शकहरुले मन पराएका छन् । आजबाट प्रदर्शनमा आएको चलचित्र ‘ महाजात्रा´ पहिलो शो हेर्न पुगेकाका दर्शकहरुले चलचित्र औधी मन पराएका छन् । चलचित्रले मनोरञ्जन दिनुको साथै सन्देश समेत प्रवाह गरेको छ।हेटौंडा -४ स्थित नारायणी मलमा रहेको एनएस सिनेमा हलमा पहिलो शो हेर्न संचारकर्मीहरुलाई समेत निमन्त्रणा गरिएको थियो ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रले दर्शकलाई नेपाली चलचित्र प्रती उत्साहित गराएको छ। चलचित्रले पैसाको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने सन्देश दिनुको साथै गलत कामबाट आउने समस्या र समाधान बारे चलचित्र मार्फत देखाउन खोजिएको छ।
राजनीतिक दलहरूले आफ्नो प्रयोजनका लागि भविष्य बोकेका युवाहरुको सपना कसरी भत्काइदिन्छन भन्ने कुरा चलचित्रले देखाएको छ ।आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्न र पैसाको कारण आइपर्ने समस्यालाई चलचित्र मार्फत सहज तरिकाले प्रस्तुत गरिएको छ ।  

हरिवंश आचार्य संगै अभिनय गर्ने कलाकार विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, वर्षा राउत, राजाराम पौडेल, दिव्य देव, लगायतका कलाकारको अभिनयले चलचित्रलाई उत्कृष्ट बनाउन सफल भएको छ । जित बहादुर रुवाली एसोसियट निर्देशक रहेको चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन, कुमार महर्जनको द्वन्द्व निर्देशन, कविराज गहतराजको नृत्य निर्देशन तथा आशिष अविरलको संगीत छ ।
दर्शकहरुले चलचित्र हेरिरहदा समय वितेको पत्तै नपाएको बताएका छन् । चलचित्र हेर्न आएका सम्पुर्ण शदर्शकहरुले चलचित्रको विषयवस्तु, प्राविधिक पक्ष, कलाकारको अभिनय र सन्देशको खुलेर तारिफ गरेका छन् ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा २ हजार बढ्यो

सुनको मूल्य तोलामा २ हजार बढ्यो

आज स्थानीय बजारमा सुनको मूल्य तोलामा २ हजारले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ३६ हजार पाँच सय निर्धा...