Search
Close this search box.

पाकिस्तानमा वोरिङको पानी पिउँदा पाँच बालबालिकाको मृत्यु

पाकिस्तान – पाकिस्तानको सिन्ध प्रान्तको सङ्घर जिल्लामा बोरिङको दूषित पानी पिउँदा पाँच बालबालिकाको ज्यान गएको एआरवाई न्युजले जनाएको छ ।
सङ्घरका उपायुक्तले सङ्घरको नजिकैको हाते पम्पबाट तानिएको दूषित पानीसेवन गर्दा चारदेखि आठ वर्ष उमेर समूहका पाँच जना बालबालिकाको मृत्यु भएको हो ।

एआरवाई न्यूजका अनुसार विषाक्त पानी सेवनको घटनापछि तुरुन्तै उनीहरूलाई अस्पतालमा लगिएको अधिकारीले जनाएका छन् । उनीहरूको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

पानी सेवन गरेपछि उनीहरूले ज्वरो बान्तालगायत असहजताको सामना गरेका थिए । घटनापछि स्वास्थ्य अधिकारीसहितको एक टोली पानीको परीक्षण गर्न उक्त गाउँमा पठाइएको थियो ।

जिल्ला स्वास्थ्य अधिकारीले पानीमा हानिकारक पदार्थ रहेको प्रमाणित गरेपछि कृषिका लागि चलनमा रहेको हातेपम्पसमेत बन्द गरिएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan