Search
Close this search box.

गाजाको शरणार्थी शिविरमा आक्रमण, १३ जनाको मृत्यु

गाजासिटी– मध्य गाजाको अल–मघाजी शरणार्थी शिविरमा मंगलबार भएको आक्रमणमा सात बालबालिका सहित १३ जनाको मृत्यु भएको छ । आक्रमणमा २५जनाभन्दा बढी घाइते भएको अल–अक्सा शहीद अस्पताल अधिकारीहरूलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

प्रत्यक्ष दर्शी निहाद ओवादेतल्लाहबाट प्राप्त भिडियोमा आक्रमणपछि धेरै मृत्यु भएको सीएनएनले जनाएको छ । यसै गरी धेरै मानिसहरू आतङ्कित भएर वरिपरि दौडिँदै चिच्याइरहेका छन् र मृत शरीरहरू व्यवस्थापन गर्न लागिरहेका देखिन्छन् ।

सिएनएनसँग कुरा गर्दै शिविरमा बस्ने ओवेदातल्लाहले आफ्नो शिविरबाट ३०–४० मिटर टाढा विस्फोट भएको बताउँदै आक्रमण पछि भुइँमा फ्याँकिएको शव फेला पारको तथा मानिसहरू चिच्याइरहेका उजागर गरे ।

अल–अक्सा शहीद अस्पतालबाट सीएनएनबाट खिचिएको फुटेजमा इमर्जेन्सी कक्ष हताहत र घाइते व्यक्तिहरूले भरिएको देखिन्छ । सिएनएनको रिपोर्टअनुसार परिवारका सदस्यहरू आफ्ना प्रियजनको शव नजिक जम्मा भइरहेका थिए, तिनीहरूलाई समातेर रोइरहेका थिए ।अस्पतालको भिडियोमा परिवारहरूले आफ्ना प्रियजनहरू पहिचान गर्ने प्रयास गरिरहेको देखिन्छ ।

अस्पताल बाहिर, मानिसहरू प्रियजन गुमाएको पीडा सहन नसकी कराउँदै दुखका साथ दर्जनौँ मानिसहरूले मृतकलाई गाड्नु अघि आँगनमा प्रार्थना गरेको सीएनएनले रिपोर्ट गरेको छ ।

इजरायल र हमासबिच अक्टोबरमा युद्ध सुरु भएदेखि गाजामा दश हजार भन्दा बढी महिला मारिएको मङ्लबार प्रकाशित रिपोर्टमा युएन वुमनलाई उदृत गर्दै सीएनएनले जनाएको छ ।

रिपोर्टमा युद्धको छ महिनामा गाजामा दश हजार प्यालेस्टिनी महिलाहरू मारिएका मध्ये अनुमानित छ हजार आमाहरू मारिदा १९ हजार बालबालिका अनाथ भएको सीएनएनले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

गाजाको शरणार्थी शिविरमा आक्रमण, १३ जनाको मृत्यु

हेटौँडा–४ मा शैक्षिक प्रदर्शनीदेखि खेलकुदसम्मका बृहत् कार्यक्रम हुँदै

गाजाको शरणार्थी शिविरमा आक्रमण, १३ जनाको मृत्यु

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

गाजाको शरणार्थी शिविरमा आक्रमण, १३ जनाको मृत्यु

बागमतीका मुख्यमन्त्रीद्वारा श्रम अधिकार र रोजगारीमा जोड

गाजाको शरणार्थी शिविरमा आक्रमण, १३ जनाको मृत्यु

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

गाजाको शरणार्थी शिविरमा आक्रमण, १३ जनाको मृत्यु

पत्रकारिताले जेनजीको भावनालाई आत्मसाथ गर्नुपर्छ ; मगर

गाजाको शरणार्थी शिविरमा आक्रमण, १३ जनाको मृत्यु

ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

गाजाको शरणार्थी शिविरमा आक्रमण, १३ जनाको मृत्यु

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

गाजाको शरणार्थी शिविरमा आक्रमण, १३ जनाको मृत्यु

मकवानपुरमा अर्धमासिक तलब भुक्तानी सुरु, हेटौंडा खानेपानी बोर्ड अगाडि

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan