Search
Close this search box.

अमेरिकामा गोली चल्दा ३ जनाको मृत्यु

अमेरिकाको अलाबामा राज्यको मोन्टगोमेरी काउन्टीमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ । मोन्टगोमेरीको एउटा सानो किराना पसलमा गोली प्रहार गरी तीन जनाको हत्या गरिएको सीएनएनले जनाएको छ ।

शहरको दक्षिणपट्टि रहेको किराना पसल टिन्डा लस हर्मानोसमा गोली हानाहान भएको थियो । गत मंगलबार प्रहरी प्रमुख साबा कोलम्यानका अनुसार बेलुका ९ बजे भन्दा केही समय अघि गोली चलेको प्रहरीलाई खबर गरिएको थियो ।

एबिसीन्यूजका अनुसार दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने तेस्रो व्यक्तिलाई अस्पताल लगिएको थियो। जहाँ उनलाई मृत घोषित गरिएको थियो। गोली प्रहारबाट मृत्यु हुनेमा ५० वर्षीय जर्ज एलिजा जूनियर, २० वर्षीय ड्यानियल लोपेज तथा ४३ वर्षीय रोमेरो लोपेज रहेका छन्।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan