Search
Close this search box.

नेप्से सूचक १६ दशमलव २९ अंकले बढ्यो

आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्से परिसूचक बढेको छ । अघिल्लो दिन घटेको नेप्से परिसूचना सोमबार भने बेढेको हो ।

आज नेप्से १६ दशमलव २९ अंकले वृद्धि भएको छ । नेप्से सूचक सोमबार ० दशमलव ८० प्रतिशतले बढ्दै २ हजार ५३.३८ विन्दुमा उक्लिएको हो । अघिल्लो दिन १४ दशमलव ८३ अंकले घट्दै २ हजार ३७ दशालव ९ विन्दुमा ओर्लिएको थियो ।

यस्तै, आज नेप्से बढेपनि कारोबार भने घट्न पुगेको छ । सोमबार २ अर्ब ९९ करोड ९९ लाख रुपैयाँ बराबरको ७१ लाख ६५ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।

जबकी १४ अंकमाथिले सूचक घटेको अघिल्लो दिन ३ अर्ब ६० करोड ७१ लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।

सोमबार फाइनान्स र म्यानु एण्ड प्रो समूहको उपसूचक बाहेक ११ वटा उपसूचक धनात्मक भएका छन् । सोमबार १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६० कम्पनीको मूल्य घट्नुका साथै ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan