Search
Close this search box.

बेरिल चक्रवातका कारण एक जनाको मृत्यु

बेरिल चक्रवातले क्यारेबियन क्षेत्रका कयौँ देशहरूमा विध्वंस मच्चाइरहँदा कम्तीमा एक जनाको मृत्यु भएको छ । हजारौँ मानिसहरू बिजुली बत्ती बिना अस्थायी शिविरमा बस्न बाध्य भएका छन् ।

चक्रवात यतिबेला पाँचौँ श्रेणीमा रहेको र पश्चिममा जमाइकातिर गइरहेको बताइएको छ । हप्ताको अन्त्यसम्ममा चक्रबात दक्षिण पूर्वी मेक्सिकोमा पुग्ने अनुमान गरिएको छ । सामाजिक सञ्जालमा पोष्ट भएका तस्बिरहरूमा घरहरूका छाना उडेको देखिएको छ । ​​​​​​​

चक्रवातको केन्द्रमा प्रतिघण्टा १५० माइलका दरले हुरी अगाडि बढिरहेको बताइएको छ । सेन्ट भिन्सेन्ट, ग्रेनाडाइन्सका साथसाथै ग्रेनडा पनि क्षतिको उच्च जोखिममा रहेको बताइएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan