Search
Close this search box.

सुनचाँदीको मूल्य घट्यो

मंगलबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९ सय रूपैयाँले घटेर १ लाख ४४ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ४३ हजार ४ सय रूपैयाँ कायम भएको छ ।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि तोलामा ५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan