Search
Close this search box.

आज सुनको मूल्य स्थिर

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदी घटेको छ।

मंगलबार प्रतितोला नौ सय रूपैयाँ घटेको सुनको भाउ आज स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो। त्यसैगरी, बुधबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १८ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १८ सय ८५ रूपैयाँमा कारोबार भएको थियो।

मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १५ रूपैयाँ घटेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan