Search
Close this search box.

नाइजेरियामा विद्यालय भवन भत्किँदा २२ जनाको मृत्यु

उत्तर(मध्य नाइजेरियामा शुक्रबार बिहानको कक्षाको क्रममा दुई तले विद्यालय भत्किँदा २२ विद्यार्थीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै भग्नावशेषमा फसेका १०० भन्दा बढी व्यक्तिको खोजीमा उद्धारकर्ताहरू पठाइएको अधिकारीहरूले बताएका छन्।

पठार राज्यको बुसा बुजी समुदायको सेन्ट्स एकेडेमी कलेज विद्यार्थीहरू, जसमध्ये धेरै कम उमेरका थिए कक्षाको लागि आइपुगेलगत्तै भवन ध्वस्त भएको थियो।

सुरुमा कुल १५४ विद्यार्थी भग्नावशेषमा फसेका थिए तर पठार प्रहरी प्रवक्ता अल्फ्रेड अलाबोले पछि ती मध्ये १३२ जनालाई उद्धार गरिएको र विभिन्न अस्पतालमा घाइतेहरूको उपचार भइरहेको बताए।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan