Search
Close this search box.

आज साता कारोबारको पहिलो दिन नेप्से ५२ दशमलव ९७ अङ्कले बढ्यो

साता कारोबारको आज पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ५२ दशमलव ९७ अङ्कले बढेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार ढलेपछिको पहिलो कारोबारमा सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको हो ।

आज नेप्से परिसूचक ५२ दशमलव ९७ अङ्कले बढेर २२५७ दशमलव ५९ विन्दुमा उक्लिँदा ७ अर्ब ६२ करोड ४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै, आइतबार २०१ कम्पनीको सेयर मूल्य बढ्दा ३६ वटाको मात्र घटेको छ । भने बाँकी ५ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको जनाइएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan