Search
Close this search box.

सुनको मूल्य तोलामा दुई सयले बढ्यो

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा दुई सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला एक लाख ४६ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ४६ हजार नौ सय मूल्य निर्धारण भएको छ ।

यस्तै, आइतबार प्रतितोला एक लाख ४६ हजारमा कारोबार भएको तेजाबी सुनको मूल्य आजका लागि रु। एक लाख ४६ हजार दुई सय निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला १० ले वृद्धि भएको छ । आइतबार प्रतितोला एक हजार आठ सय ७५ मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार आठ सय ८५ निर्धारण गरिएको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan